धनकुटा/ मुल्य श्रृङ्गखला तथा प्रविधि सुधार सम्वन्धि सरकारी नियका प्रमुखहरु,दुग्ध सहकारीका प्रतिनिधि र दुग्ध उत्पादक कृषकहरु विच दुई दिने अन्तरक्रिया कार्यक्रममा वुधवार धनकुटामा सम्पन्न भएको छ ।
इलाम, पाँस्थर, तेह्रथुम र धनकुटाका दुग्ध सहकारीका प्रतिनिधि र दुग्द उत्पादक कृषकहरु, सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधि र एडभोकेसी च्यालेन्ज फण्डका जिल्ला प्रतिनिधिहरु उपस्थिति रहेको दुई दिने अन्तरक्रिया कार्यक्रम केन्द्रिय सहकारी सघं काठमाण्डौंको आयोजनाम धनकुटामा सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा ४० जना भन्दा वढी दुग्ध उत्पादक कृषक, दुग्ध उत्पादक सहकारी संस्था र सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
राष्ट्रिय सहकारी संघका नायव प्रवन्धक चित्राकुमारी थाम्सुहाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले दुधको मुल्य श्रृखलामा सुधार ल्याउन गुणस्तरीय दुधको वढी भन्दा वढी उत्पादन गर्नु पर्नेमा जोड दिइएको थियो । उनीहरुले दुध उत्पादन गरेर मात्र नहुने वजारको उचित प्रवद्र्धन हुने क्षेत्रको पहिचान गर्न सकेमात्र दुधको मुल्य श्रृङ्गखलामा अन्तर आउने र दुग्ध उत्पाक कृषकहरुलाई वढी भन्दा वढी फाईदा हुने दावी गरिएको छ ।
सो अवसरमा वोल्दै राष्ट्रिय सहकारी संघका केन्द्रिय नायव प्रवन्धक चित्राकुमारी थाम्सुहाङ्गले नेपालमा ३३ हजार, ५ सय, ९९ सय वटा दुग्ध सहकारी संस्थाहरु रहेकोमा परियोजना लागु भएको जिल्लाहरु मध्ये धनकुटा, इलाम, पाँस्थर र तेह्रथुममा १ हजार, ६ सय ५२ वटा दुग्ध सहकारी संस्थाहरु रहेको पनि स्पष्ट पारेका छन् । नायव प्रवन्धक थाम्सुहाङ्गले सहकारी संघ संस्थाको प्रवद्र्धनको लागी राष्ट्रिय सहकारी संघ केन्द्रिय समितिले खेलिरहेको भुमिकाको वारेमो समेत प्रष्ट पारेका थिए । साथै उनले राष्ट्रिय सहकारी संघको परिचय, विषयगत केन्द्रिय संघ र जिल्ला सहकारी संघहरुको काम कर्तव्य र अधिकारको वारेमा पनि आफ्नो प्रश्तुती राखेका थिए । विशेष गरेर केन्द्रिय सहकारी संघले सहकारीकर्मीहरुको लागी सहकारी शिक्षा र तालिम आदीमा वढी भन्दा वढी जोड दिदै आएको वताएका छन् ।
जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया तथा छलफल कार्यक्रममा पशुविज्ञ शंकर शाह र खाद्य अनुशन्धान तथा खाद्य प्रविविध विभाग अधिकृत इश्वर सुवेदीले दुई दिनसम्म संचालन भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण गरेका थिए । आइएलओको सहयोग र उन्नती परियोजना अन्तरगत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको संचालन कार्यक्रम संयोजक सुरेश थापाले गरेका थिए ।