शनिश्चरे/मोरङको सवैभन्दा बढी शेयर सदस्य रही प्रभावकारी गतिविधिमा सक्रिय पथरीशनिश्चरेस्थित मनकामना वचत तथा ऋण सहकारी संस्थाले एशियास्तरको प्रतिकिरण चिन्ह (एक्सिस व्रान्ड ) प्राप्त गरेको छ ।
समुदायको सर्वाेत्कृष्ठ वचत तथा ऋण सहकारीको दुरदृष्टिमार्फत एशियाली ऋण महासंघबाट यसखाले व्रान्ड प्राप्त गर्न सफल भएको संस्थाको मंगलबारको २० औं वार्षिक साधारणसभका अवसरमा जानकारी गराइएको छ ।
संस्थाका अध्यक्ष युवराज भट्टराईले मोरङमा मनकामना र रतुवामाइस्थित इटहरा वचतले यसै वर्ष एक्सिस व्रान्ड प्राप्त गर्न सफल भएको जनाए । उनले १ नम्बरमा ४ वटागरी देशभरमा एक्सिस व्रान्ड प्राप्त गर्ने सहकारीको संख्या १९ रहेको उनले उल्लेख गरे । एक्सिस व्रान्ड प्राप्त गर्नुभनेको संस्थाको वित्तिय स्वास्थ्य राम्रो भई आर्थिक हिसावले सुरक्षित तथा सदस्यहरुप्रति समर्पित रहेको कुरा पुष्टि हुने बताए ।
५ हजार १ सय १० जना शेयर सदस्य रहेको मनकामना सहकारीमा २ करोड ७६ लाख ३० हजार सेयर पूँजी तथा १८ करोड ७० लाख १६ हजार ३ सय १८ रुपैयाँ बचत रहेको देखिन्छ । उसले व्याजबाट ३ करोड आम्दामी गरेको र व्याज खर्च १ करोड ५८ लाख २९ हजार २ सय ६३ रुपैयाँ रहेको आर्थिक वर्ष ०७३/०७४ को आर्थिक प्रतिवेदनमा उल्लेख छ । संस्थाले कर कटाएर ५० लाख रुपैयाँ सुद्ध वचत गर्न सफल भएको प्रतिवेदन प्रस्तुत भएको छ । जसबाट ६ दशमलव ७ प्रतिसत लाभांस वितरण गरिएको छ ।
संस्थाले सदस्यहरुको चासो र जिम्मेवारी वढाउन यस वर्षदेखि सहकारीका विषयमा छलफल र उपहार चिठ्ठा कार्यक्रम सुरुवात गरेको छ । कार्यक्रममा वचत तथा ऋण सहकारी संघका सञ्चालक केशव पोखरेलले सहकारितामा सदस्यहरुको भूमिका विषयक कार्यपत्र समेत प्रस्तुत गरेका छन् ।
शनिश्चरे बजार र जाँते वजारमा सेवा केन्द्र, जाँतेको गुप्ती खोलीटार तथा पथरीशनिश्चरेको हसन्दह र किर्तिपुरमा संकलन केन्द्र रहेको सहकारीले ३ सय ६५ दिन नै कारोवार सञ्चालन गर्ने गरेको छ । १ हजार वालवचतकर्ता समेत रहेका छन् ।