शनिश्चरे/मोरङको पथरीशनिश्चरे २ स्थित चौतारी सामाजिक उद्यमी महिला सहकारीको सातौं चुनावी साधारणसभाबाट पुनः अम्बिका सुब्बालाई अध्यक्ष चुन्दै नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा सीता भुसाल, सचिवमा भला रेग्मी, कोषाध्यक्षमा यशोदा पोखरेल सहितको नयाँ समिति चयन भएको छ । टीकादेवी ढकाललाई संयोजक चुनेर लेखा समिति पनि चयन भएको छ ।
कार्यक्रममा, मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष गुरु वरालले प्रतिष्ठानको महिलाहरुको जिविकोपार्जनमा सुनिश्चितता कार्यक्रम अन्तर्गत गठित समूह सहकारीमा रुपान्तरण भइ प्रगति गरेकोमा खुसी व्यक्त गरेका छन् ।
५ सय ५८ जना शेयर सदस्य रहेको सहकारीले ११ लाख ३३ हजार शेयर पूँजी तथा ६० लाख वचत र ८६ लाख ४५ हजार ऋण लगानी गर्न सफल भएको र आर्थिक वर्ष ०७३÷७४ मा सुद्ध वचत २ लाख १५ हजार २ सय ४५ रहेको छ ।
भूपेन्द