बिर्तामोड साउनको अन्तिम साता वर्षासंगै आएको हावाहुरीका कारण झापाको रतुवा माई वृक्षरोपण आयोजनाका १ हजार ८ सय २ वटारुख ढलेका छन् । हावाहुरीले मसला, साल र किटका रुख लडाउदा आयोजनालाई झण्डै एक करोड ५० लाख मूल्य वरावरको क्षति भएको छ । हावाहुरीले लढाएका रुख एक महिना बित्न लाग्दा समेत रतुवा माई वृक्ष रोपण आयोजनाले व्यवस्थापन गर्न सकेको छैन । जसका कराण ढलेका रुख चोरी हुने सम्भावना प्रवल रहेको स्थानीयवासी बताउँछन् । आयोजना नेपालकै दोस्रो ठूलो वृक्ष रोपण आयोजना हो । दुई हजार सात सय ५३ दशमलव ७६ हेक्टर क्षेत्रफलमा यो आयोजना सञ्चालित छ ।