विराटनगर/ करिजम्याटिक मिस कोशी २०१७ को उपाधि विराटनगरकी प्रिया खड्काले जितेकी छिन् ।

करिजम्याटिक एडभान्टेज एभरटाइजिङ्गको आयोजनामा विराटनगरको सभागृह हलमा शुक्रबार राती सम्पन्न भएको प्रतियोगिताको फस्ट रनरअप मोरङ कटहरीकी मोनिका देवकोटा घोषित भइन भने सेकेण्ड रनरअप मोरङ अमरदही बिना तामाङ्ग घोषित भएकी छिन् । विनाले बेस्ट फ्रेण्डसिप र मोनिकाले फोटोजेनिकको एवार्ड प्राप्त गरे ।

प्रतियोगिताको मुख्य निर्णायक रहेका गायक रामकृष्ण ढकाल, विराटनगर महानगरपालिकको मेयर भिम पराजुली, उद्योग संगठन मोरङको अध्यक्ष मुकेश उपाध्यय, मोरङ व्यापार संघको अध्यक्ष पवनकुमार सारडालगायता रहेका थिए ।

कार्यक्रमको बिचमा गायक ढकालले आफ्नो चर्चित गीत प्रस्तुत गरि सबैलाई प्रयाप्त मनोरञ्जन प्रदान गरेका थिए । स्थानिय डान्स सेन्टरको कलाकारहरुको नृत्यले कार्यक्रम थप आकषर्ण बनायो । चर्चित आरजे दिनेश डिसीले सञ्चालन गरेको कार्यक्रम रोचक बनेको थियो ।