विराटनगर/ प्याब्सन नौं हिज्जे प्रतियोगिताको उपाधि विराटनगरमा रहेको मदरल्याण्ड एकाडेमीले जितेको छ ।प्याब्सन मोरङले बाल दिवसको अवसर पारेर विराटनगरमा शुक्रबार सम्पन्न भएको हिज्जे प्रतियोगिताभमा मदरल्याण्डले फाइनलमा तीन वटा स्कूललाई पछि पार्दै उपाधि जितेको हो ।
जितसँगै मदरल्याण्डले नगद १५ हजार रुपैयाँको साथै आकर्षण ट्रफि हात पारेको छ । मदरल्याण्डले ६ पटक प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि जित्न सफल भएको एकाडेमिका प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी दिए ।प्रतियोगिताको फस्ट रनरअप विराटनगरमै रहेको बाल कल्याण विद्या मन्दिर(बि.के.भि.एम.) तथा सेकेण्ड रनरअफ उर्लाबारीमा रहेको सप्तकोशी बोर्डिङ स्कूल भयो भने सान्तवना रङ्गेली नगरपालिको ८ दर्वेसामा रहेको न्यू स्टार बोर्डिङ भएको छ ।
प्याब्सन मोरङले विगत लामो समयदेखि विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले हिज्जे प्रतियोगिता गर्दै आएको छ । यस वर्षको प्रतियोगिता मोरङको ४ वटा क्षेत्रमा छनौट चरणको प्रतियोगिता भएको थियो ।
छनौट चरणबाट फाइनलमा ४ वटा स्कूल पुग्न सफल भएको थियो ।विजयी हुनेहरुलाई प्याब्सननका सल्लाकार टिकाराम पुरी, केन्द्रीय सदस्य राजेश दास, रमेश मिश्रा, मोरङका अध्यक्ष सुनिल पौडेल, जिल्ला शिक्षा कार्यालय मोरङका देवेन्द्रराज खनालले पुरस्कार वितरण गरेका थिए ।