भद्रपुर । लागू औषधसहित प्रहरीले झापाको काँकरभिट्टाबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१३ निवासी २२ वर्षीय सुनिल थापा मगर, वुद्धशान्ति गाउँपालिका–१ निवासी २७ वर्षीय सुमन अधिकारी र सोही ठाउँका २४ वर्षीय किरण पोख्रेल रहेका छन् । उनीहरुलाई प्रहरीले व्राउनसुगर, डाइजेपाम, फेनारगन र लुपिजेसिकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अधिकारी र पोख्रेलले मे १ प ५२०२ नम्वरको स्कूटरमा व्राउनसुगर ल्याउदै गर्दा उनीहरुलाई पक्राउ गरिएको र मगरलाई २०र२० थान फनारगन, लुपिजेसिक र डाइजोपामसहित पक्राउ गरिएको जनाइएको छ । उनीहरु सवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।