विराटनगर । भन्सार छलेको ५३ हजार मुल्य बराबरको सामन प्रहरीले बरामद गरेको छ । सीमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत शुक्रबार सुनसरी तथा मोरङबाट भन्सार छलेको सामन बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी प्रहरीले कोशी गाउँपालिकाको लौकही र भुटाहाबाट विभिन्न किसिमको किराना सामान बरामद गरेको जनाएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले १८ हजार मुल्य बराबरको ब्रोइलर कुखुरासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवैलाई पशु क्वारेन्टाइनमा बुझाइएको कार्यालयले जनाएको छ ।