सुनसरी/एक नम्वर प्रदेशको राजधानी दाबी गदै आएको इटहरीमा अहिले सवारी साधन पार्किङको समस्या अहिले इटहरीबासीको लागी टाउँको दुखाईको बिषय बन्न थालेको छ । अहिले अधिकांस भाडावाल र निजि साना सवारीले मुख्य सडकमै पार्किङ स्थल वनाउँदा इटहरीको सौन्र्दय अस्तब्यस्त हुन पुगेको हो ।
इटहरीमा साना भाडाका सवारीहरुको पार्किङ स्थल इटहरीको पश्चित लाईनको मुख्य चौक हुन पुगको छ । कालो नम्बर प्लेटका भाडामा सञ्चालन हुने सवारी साधन रातो नम्बर प्लेटका निजी महङगा सवारीहरु भाडामा लाउन पार्किङ स्थलमा पार्क गरी राख्दा इटहरीको मुख्य चौक अस्तब्यस्त हुन पुगेको नेपाल विद्यार्थी संघ सुनसरीका युवा नेता नविन कटुवालले वताए । उनले इटहरीको सौन्दर्य नै कुरुप वनेको भन्दै ब्यावस्थापनमा ध्यान दिन जनप्रतिनिधि तथा ट्राफिक प्रहरीलाई आग्रह समेत गरे ।
उप महानगरपालिका भएपछि अझ विस्तार भएको छ तर बढ्दो शहरी चाप र त्यस अनुपातमा बढेका सवारीचापलाई व्यवस्थापन गर्ने उपमहानगरपालीकाले चासो नदेखाएको इटहरीका स्थानीयवासीहरुले वताएका छन । इटहरीका सामाजिक अगुवा रमेश पोखरेलले दिर्घकालिन पार्किङ अभावको कारण इटहरी अस्तब्यस्त हुदै गएको जनाए । पार्किङ अभावको कारण इटहरी रुप नै कुरुप वन्न थालेको छ उनले थपे । पछिल्लो समयमा पूर्वकै कारोबारलाई लक्षितगर्दै खुलेका व्यापारी कम्प्लेक्स तथा बैंकिगं क्षेत्रहरु एक पछि अर्को गर्दै खुल्ने क्रम तिव्र छ । सोहि अनुरुप मानिसहरुको चाप पनि बढ्दो छ । कारोबारका लागी आउने मानिसहरुले उचित पार्किङ स्थलको अभावमा विच बाटो तथा सडक किनारामै सवारी पार्किङ गर्ने गरेको कारण समस्या हुने गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका इटहरी अध्यक्ष कोबित कार्कीले वताए । उनले भने इटहरीको ठुलो समस्याको रुपमा पार्किङ स्थल आयो जनप्रतिनिधिहरुले ब्यावस्थापनको उपाय खोज्न उनको सुझाब छ ।
इटहरीको चौरास्त चौकमा जथावाभी गरीने पार्किङले समस्या हुदै आएको इटहरी उपमहानगरपालीकाका इन्जीनियर अर्जुन दाहालले वताए । बजारमा देखिएको समस्याको समाधानको लागि ट्राफिक प्रहरी र उपमहानगरपालिकाले पहल गर्ने उनको भनाई थियो । बढ्दो व्यापारीक कारोबार तथा आवागमनले इटहरी पूर्वकै प्रमुख शहरको रुपमा विकास हुदै गएको शहरमा पार्किङ ब्यावस्थापन कमजोर भएको उनको भनाई थियो । पूर्व क्षेत्रीय टाफिक प्रहरी कार्यलयका एसपी राजकुमार लम्सालले सडकमै राखेर ब्यावसायी पार्किङ गरीरहेको वताए । जथाभावी पार्किङ गरेर सवारी सधान राखेको कारण हामीले बाटोमा पार्किङ अभियान सँगै कार्वार्ही पनि गर्ने थालेका छौ एसपी लम्सालले भने । सवारीको चापलाई मध्यनजर गर्दै छुट्टै ट्ँफिकहरु खटिएका भएपनि चाप व्यवस्थापन गर्न हम्मे हम्मे पर्ने गरेको छ । विशेष गरी ठुला व्यापारीक कम्प्लेक्सहरुले सडक किनारा नै मिचेर आफ्नो प्रयोजनका लागी सावरी साधन राख्ने ठाउ वनाएको पाईन्छ ।