इटहरी / इटहरीका बाढी पिडितलाई रेयुकाई नेपाल र लागिगुराँस फाउण्डेशन चितवनले राहत प्रदान गरेका छन् ।
शुक्रबार दुई संस्थाले छुट्टा टुट्टै स्थानका बाढी पिडितलाई राहत प्रदान गरेका हुन् । रेयुकाई नेपालका सह संयोजक शिवराम शर्माका अनुसार एक लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न दुई सय घर परिवारलाई प्रदान गरिएको हो । इटहरी–९ का वार्ड अध्यक्ष भूपेन्द्र बरालको उपस्थितीमा इटहरीको जुटविकास मरिक टोल, हिमालयन वस्ती र लालिगुराँस टोलका बाढी पिडितलाई राहत सामाग्री प्रदान गरिएको शर्माले बताए ।
कार्यक्रममा रेयुकार्य नेपाल इटहरीका संयोजक हेमलाल भट्ट, तथा रेयुकाई नेपालका होम घिसिङलगायतको उपस्थिती रहेको थियो । यसै गरी शुक्रबारनै लालिगुराँस फाउन्डेशनले इटहरीको शिवनारायण टोलका २५ घर परिवारलाई चामल, दाललगायतको खाद्यान्न प्रदान गरिएको थियो । स्थानीय आयोजक संस्थाका सदस्य विशाल अधिकारीका अनुसार राहत वितरण कार्यक्रमामा लल्मी न्यौपाने, सिता अधिकारी, गोपाल न्यौपानेलगायतको सहभागिता रहेको थियो ।