भद्रपुर । मैथिली समाज झापा भद्रपुरको अध्यक्ष पदमा रमेशचन्द्र झा सर्वसम्मत रुपमा चयन भएका छन् । भद्रपुरस्थित मोहपाल धर्मशालामा विहीवार आयोजित साधारणसभाबाट झा अध्यक्ष पदमा चयन भएका हुन् । १५ सदस्यसहितको कार्यसमितिको उपाध्यक्षमा महेश कामती, सचिवमा सुशिल कर्ण, सहसचिवमा अरुणकुमार साह र कोषाध्यक्षमा यदुन्नदन साह चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजकिशोर सोनार, सञ्जय शर्मा, बिर्जु सहनी, धिरज गुप्ता, मनोजलाभ कर्ण चयन भएका छन् । त्यसैगरी राजेश गुप्ता, श्रीकुमार शर्मा, श्यामानन्द झा, नितेश चौधरी र सञ्जिव गुप्ता सदस्यमा चयन भएका छन् । समाजका अध्यक्ष बलदेव साहको अध्यक्षता तथा नेपाली काग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, वडा ५ का वडाध्यक्ष बन्धु कार्की लगायतको सहभागिता रहेको थियो । २०५१ सालमा स्थापना भएको मैथिल समाजले प्रत्येक बर्ष भद्रपुरस्थित मेची नदीमा मनाइने छठ पर्वलाई भव्य र सभ्य बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।