धरान/ हिमालय रिङछेन छ्योलिङ बुद्धिष्ट गुम्बा धरानले नव निर्मित गुम्बा विद्यालयको उद्घाटन गरेको छ ।

बुधबार सुनसरी जिल्ला शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदीले गुम्बाको उदघाटन गरेका हुन् । बौद्धिक उच्चारण गरि गुम्बा उद्घाटन गरेको गुम्बाका अध्यक्ष हर्क बहादुर तामाङले बताए ।

सप्ताह व्यापी फुर्दोक पुजाको अवसरमा विद्यालयको उद्घाटन गरिएको हो । उद्घाटनमा लामा पेमा ग्याल्बो, लोपेन श्री टाँसी नोर्बु भोटिया,गुम्बाका प्रमुख लामा श्री टेक बहादुर स्याङबो तगायतका बुद्ध धर्म गुरुको उपश्थितीमा कार्यक्रम सम्पन्न भएको गुम्बाका संरक्षक मैत बहादुर गोले ले बताए ।

सप्ताह व्यापी फुर्दाेक पुजाको समापन आउदो सनिबार हुदैछ ।