गछिया (मोरगं) सरकारले चुरे संरक्षणको लागी भन्दै तिन महिनाको लागी खोलाजन्य पदार्थमा रोक लगाए पनि उत्तरी मोेरगंमा भने ढुंगा गिट्टी तस्करी भईरहेको खुलसा भएको छ ।

[caption id="attachment_35448" align="alignleft" width="438"] फाइल तस्बिर[/caption]

गछिया लगायतका खोलाहरुबाट खोलाजन्य चोरी तस्करी भईरहेको खुलसा भएको हो ।  उत्खनन तथा निकासीमा प्रतिबन्ध लगाएपनि मोरङको केराबारीस्थित खदम खोला, हचुवा खोला, मुगु खोला , गछिया खोला लगायतबाट रातभर ढुगा गिट्टी चोरिने गरेको सुन्दरदुलारीका एक ब्यापारीले रातभरी ट्याक्टर कराएर सुत्न समेत पाईदैन । खोलामा जथाभावि ढुंगा उत्खनन गरेकै कारण सयौं बिगाघा खेतियोग्य जमिन कटान गरी बगरमा परिणत भएको अवगत हुँदाहुँदै खोलाबाट प्राकृतिक सम्पदाको दोहन राकिएको छैन उनले भने । कानुनले तोकेको नीति नियम पालना गराउने निकायहरु इलाका बन कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी मौन वस्दा पनि चोरी तस्करी बढ्दै गएको स्थानीयवासीहरुको आरोप छ । वेलगाछीका स्थानीय सन्जिब लिम्वुले रातभर खोलामा चोरी तस्करी हुने गरेको वताए । उनले भने प्रशासनको कमजोरीको कारण खोलामा तस्करहरुको मनपरी भईरहेको उनको आरोप थियो ।

रातको ८बजेदेखि बिहान ५बजेसम्म खोलामा पसेका ट्याक्टरहरुले चुरे संरक्षित क्षेत्रबाट ढुंगा उठाई आफ्नो अनुकुलतामा स्टक गर्ने गरेका छन्। यता प्रहरी समेतको मिलोमतोमा तस्करी भईरहेको उद्योग बाणिज्य संघ दुलारीका एक सदस्यले वताए । उनले भने यहाँ क्रसरहरु र ट्याक्टर ब्यावसायीहरुले बन्दको मौका छोपी बालुवा गिट्टीमा समेत कालोबजारी गरीरहेको वताए ।

उनले प्रशासनलाइं ब्यागं गदै प्रश्न गरे तस्कर रोक्ने प्रहरीको हिम्मत छ ? इलाका प्रहरी कार्यालय बेलवारीका इन्स्पेक्टर रामकाजी कटवालले भने प्रहरीले चोेरी तस्करी गर्नेहरुलाई पक्राउ गरीरहेको वताए । करीव १० लाख राजश्व चोरी गर्नबाट उठाएको छौ उनले भने । हामीले चोरी तस्करी गर्ने दिएका छैनौ रातीको समयमा समेत विशेष निगरानी गरेका छौ इन्स्पेक्टर कटुवालले भने । पक्राउ परेको ट्याक्टरहरु जिल्ला प्रशासन कार्यलय र जिल्ला बन कार्यलयको रोहबरमा छुट्ने गरेको उनको भनाई थियो । कटवालले छिटपुट रुपमा चोरी भईरहेको स्विाकार गरेका छन ।