धरान/धरान एलाइनेट जीमले प्रथम नेपाल च्याम्पियन खुल्ला राष्ट्रिय शारिरीक सुगठन प्रतियोगिता २०७४ भदौको अन्तिम साता गर्ने भएको छ ।
जीमले भदौ २७ र २८ गते प्रतियोगिता गर्ने विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा देश विदेश गरी ५५ भन्दा बढी खेलाडीहरु सहभागी हुने अयोेजकका संयोजक विक्रम लिम्बुले बताए । खेलाडीहरु धरान, काठमाण्डौ, पाल्पा, हेटौडा, विरगंज र केही बाहिरबाट आउने तयारी भैरहेको संयोजक लिम्बुले बताए ।
दुई दिने प्रतियोगितामा ५५ केजी, ६० केजी , ६५ केजी, ७० केजी र ७५ केजी गरी पाँच वजन समुहका खेलाडी विच प्रतिस्पर्दा हुनेछ । प्रत्येक वजन समुहका विजेता प्रथम ,दास्रो र तेस्रोले ट्फी, कप, मेडल तथा प्रमाण पत्र पाउने छन् । त्यसैगरी ओभरअल विजेता अन्तर्गत प्रथमले १ लाख, दास्रोले ५० हजार तेस्रोले ४० हजार, चौथोले ३० हजार र पाँचौले २५ हजार नगद प्राप्त गर्ने छन् ।
प्रतियोगितामा हङकङ, काठमाडौं र विराटनगरका निर्णायकहरु रहने र शारिरीक सुगठनका प्रशिक्षक, र्पुव खेलाडी तथा शुभ चिन्तकलाई ताम्रपत्रले सम्मान गर्ने आयोजकले बताएका छन् ।