धरान/सहरी विकास तथा भवन निर्माण विभागको लगानीमा निर्माण भइरहेको पुरानो बजारको ड्रेन मापदण्ड विपरीत बनेको पाइएको छ । [caption id="attachment_55075" align="alignnone" width="979"] तस्बिरः भोजराज श्रेष्ठ[/caption] सहरी विकासका इन्जिनियर इन्द्रनारायण दासको नेतृत्वका खटिएको धरान उपमहानगनरसहितको संयुक्त अनुगमन टोलीले मापदण्ड र गुणस्तरहीन बनेको भेट्टाएको हो । मापदण्ड अनुसार गुणस्तरहीन बनेको पाइएपछि ड्रेन र ड्रेनको स्ल्याप पुनः निर्माण गरिने गरी ठेकेदार कम्पनीसँग सहति बनेको छ । धरान–१ सिंहदेवीचोकदेखि मुनि निर्माण भइरहेको ड्रेन मापदण्ड विपरीत बनेको भन्दै स्थानीयबासीहरुले तिब्र विरोध गरेका थिए । उक्त विरोधपछि सहरी विकासको इन्जिनियरसहित धरान उपमहानगरको संयुक्त टोलीले मंगलबार अनुगमन गरेको थियो । अनुगमनपछि पुनः निर्माण गर्ने सम्झौता बनेको छ । अनुगमनका क्रममा सम्झौता अनुरुप काम नभएको पाइएपछि पुनः निर्माण गर्नुपर्ने गरीको सम्झौता भएको इन्जिनियर दासले बताए । उनले भने, ‘गुणस्तरहीन काम भएको पाइयो ।’ धरान उमपहानगरका बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठका अनुसार ‘मापदण्ड अनुसार बनेन, गुणस्तरहीन भयो भन्ने गुनासोको आधारमा अनुगमन गरिएको थियो । ‘हेर्दा त्यस्तै पाइयो ।’ अनुगमनसमेत सहभागी बनेका इन्जिनियर श्रेष्ठले भने । उनका अनुसार केही कमसल बनेको पाइएपछि ड्रेनहरु पुन निर्माण र स्ल्यापहरु अर्को निर्माण गरिने गरी सहमति बनेको छ । सिंहदेवी चौकदेखि मुनी माछाभौडीसम्मको लागि करिव २ करोड ९८ लाखको ठेक्का भए पनि ठेकेदार कम्पनीले एक करोड ६८ लाख रुपैयामा ठेक्का पारेको थियो । सिंहदेवीदेखि भौडीसम्मको लागि १० करोडको ठेक्का रहेको छ । तर, हालसम्म उक्त ठेक्का लाग्न सकेको छैन् । धरानमा दुईतिर फुटपाथसहितको सडक निर्माण भइरहेको छ । ‘वनवे’ को रुपमा परिचालन गर्न लागिएको उक्त सडक ५० फुटको बनिरहेको छ । विभागले बजेट विनियोजन गर्ने निर्णय गरेसँगै उक्त क्षेत्रको घरहरुसमेत घरधनी आफैले भत्काएका थिए । हाल निर्माणको तिब्र चरणमा छ । सोही अन्तर्गत ड्रेन निर्माणको कार्य भइरहेको थियो । तर, मापदण्ड अनुसार निर्माण नभएको पाइएपछि अनुगमनपछि स्थानीयबासीसँग धरान नगरकी उपप्रमुख मञ्जु भण्डारीको नेतृत्वमा बसेको छलफलले तोकिएको मापदण्ड अनुसार नै निर्माण गर्ने भएको छ । मापदण्ड अनुसार पिसीसी ४ इन्च साथै २ इन्च गरी पुनः ६ इन्चकै निर्माण गर्न लगाउने सहमति बनेको छ । स्ल्यावसमेत पुरानै सम्झौता अनुरुप बनाउनु पर्ने, ड्रेन निर्माणको क्रममा टुटफुट भएका खानेपानीका पाइपलाइनहरु क्षतिपूर्ति बेहोर्नु पर्ने, र नियमित अनगुमनको लागि नगर परिषद्का सदस्य कैलाशकुमार अग्रवालको अध्यक्षतामा अनुगमन समिति गठन गरिएको छ । अनुगमन समितिले नियमित अनुगमन गर्ने भएको छ । अनुगमनमा प्राविधिक सहयोगको लागि उपमहानगरका इन्जिनियर सौहाद्र श्रेष्ठ रहने गरीको निर्णय पारित गरिएको बताइएको छ ।