भद्रपुर छिमेकी ७ वर्षया बालिकालाइ बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका ५ नयाँ बजारस्थित एक मुस्लिम समुदायकी ७ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाँउका १४ बर्षिय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार सोही समुदायका किशोरले घर नजिकैको झाडी तिर चरा हेर्न भनि छिमेकी बालिकालाई लगेको मौका छोपी बलात्कार गरेको जनाएको छ । पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको थियो । घट्नापछि बालिकाको स्वास्थ्यमा समस्या देखिएलगतै स्थानीयले उनलाई तत्काल उद्धार गरी उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा भर्ना गराएका छन् । घटना सार्वजनिक भएलगतै प्रहरीले किशोरलाई घरबाटै पक्राउ गरी प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान गरिरहेको छ । किशोरको उमेर नपुगेकोले मुद्धा दर्ता नहुने भएता पनि कार्वाहीका लागि सुधार केन्द्र पठाइने झापाका एसपी बिष्णकुमार केसीले बताए ।