बिर्तामोड झापामा आर्थिक वर्ष २०७३।७४ मा सबैभन्दा बढी ८६ जनाको मृत्यु भएको पाइएको छ । आब २०७२।७३ मा ७९ जना र २०७१।७२ मा ६६ जनाको मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । तीन वर्षको तथ्याङक अनुसार औसतमा वर्षेनी ७७ जनाको सवारी दुर्घटनामा परेर मृत्यु हुने गरेको ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डिराज गिरीले बताए । गत वर्ष जिल्लामा १सय ९१ वटा दुर्घटना भएको उनले जनाए । २९० वटा सवारी साधन दुर्घटनामा परेका छन् । आव ०७२।७३ मा १सय९८ वटा सवारी दुर्घटना हुँदा पनि २सय९० वटा नै सवारीसाधन दुर्घनामा परेको थियो । आव ०७२÷७३ भन्दा आब ०७३।७४ मा कम दुर्घटना भएको छ । गत वर्ष दुर्घटना कम भएपनि गम्भिर प्रकृतिका दुर्घटना बढि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । गत आर्थिक वर्षमा भएका दुर्घटनामा मोटरसाइकल मात्र १सय३७ वटा परेका छन् । बढीजसो किशोर–किशोरी मोटरसाइकल दुर्घटनामा पर्ने गरेका छन् । गत आर्थिक वर्षमा दुर्घटनामा परेर मृत्यु भएका ८६ जना मध्ये दुई पांग्रेबाट ५० जनाको मृत्यु भएको छ । ट्राफिक प्रमुख गिरीका अनुसार जिल्लामा ६० देखि ६५ प्रतिशत सवारी दुर्घटना चालकको लापरबाहिका कारण हुने गरेको बताए । मादकपदार्थ सेवन गर्नु र उमेर नपुगि सवारी चलाउनु, साँघुरो बाटो, सवारी–साधनको चाप उच्च, जस्ता कारणले दुर्घटना हुने गरेको उनको भनाइ छ । गत आर्थिक वर्षमा मात्र ट्राफिकले ५२ हजार ६सय२७ वटा सवारीसाधनलाई कारबाही गर्दै तीन करोड १० लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको बताए । जस्मा मापसे कारबाही बाहेकको राजश्व भएको जनाइएको छ ।