तेह्रथुम/तेह्रथुम र धनकुटाका विभिन्न सडक खण्ड मर्मतको काम गरेको करोडौं रुपैंया पैसा माग गर्दै पिडीतहरुले निर्मँण कम्पनीको कार्यालयमा तालावन्दी गरी आन्दोलन शुरु गरेका छन् ।
काठमाडौंमा रहेको वाईपी कन्ट्रकसनले काम लगाएर पैसा नदीएको भन्दै पेटी ठेकेदार सहित कामदार, पेट्रोल पम्प संचालक, होटल व्यवसायी, हार्डवयर व्यवसायी, किराना पसले लगायतका २ सय वढी पिडीतहरुले धनकुटाको सिंधुवामा रहेको निर्माण कम्पनीको फिल्ड कार्यालयमा तालावन्दी गरी आन्दोलन शुरु गरेका हुन् ।
तेह्रथुमको सिंधुवा शुक्रवारे, कोशीराजमार्गको हिले वसन्तपुर र वसन्तपुर म्याङलुङ खण्ड, धनकुटाको लेगुवा जोड्ने दारेगौंडा मारेककटहरे सडकको मर्मत संभारको काम वाईपी कन्ट्रकसन संग पेटी ठेक्कामा लिएर काम गरेका ६ जना वढी निर्माण व्यवसायीहरु पनि मुख्य ठेकेदार राजुप्रसाद श्रेष्ठ संग पैसा माग गर्दै आन्दोलनमा उत्रीएका छन् । वाईपी कन्ट्रकसन संग आपसी समझदारीमा एक वर्ष अघि काम लिएर सडक निर्माण गरेको तर अहिले सम्म एकपैसा पनि नदीएको निर्माण व्यवसायी केशव श्रेष्ठले बताए ।
कामको जिम्मा लिएका पेटी ठेकेदार नै मुख्य ठेकेदारले पैसा नदीएको भन्दै आन्दोलनमा उत्रीएपछि निर्माणाधिन सडकको काम लथालिग भएको छ । मुख्य ठेकेदारले पैसा नदीएको भन्दै निर्माण व्यवसायीले काम रोकेपछि यि सवै सडक भत्कीएर सवारी गुढ्न नसक्ने अवस्थामा पुगेका छन् । मुख्य ठेकेदार श्रेष्ठ संग आफुहरुले २ करोड ५० लाख रुपैंया पैसा पाउन वाकी रहेको निर्मँण व्यवसायी राजेन्द्र घतानीले बताए ।