
सुन्दरहरैचा/मोरङको सुन्दरहरैँचा नगरपालीका ४ स्थीत बलिया खापमा झुण्डिएको अवस्थामा फेला परेका ५३ बर्षिय शिरोमणी पौडेलले आत्महत्या गरेको नभई हत्या गरिएको आफन्तले दावी गरेका छन् । विभिन्न बहानामा पौडेलको हत्या गरी झुण्डाईएको आफन्तहरुले आरोप लगाएका हुन ।
सुन्दरहरैँचा ४ बलियामा रहेको घरमा एक्लै रहेका पौडेल झुण्डिएको अवस्थामा मंगलवार विहान गाउँले देखेका थिए । घाँटीमा पासो लागेको तर घुँडा मारेको अवस्थामा भेटिएका कारण आत्महत्या नभई हत्या भएको भन्दै आफन्तले अनुसन्धान नगरी पोष्टमाटम गर्ने नदिने भन्दै विरोध गरेका थिए । तर पोष्टमाटम पछि पनि अनुसन्धान गर्ने प्रहरीको आश्वसन पछि उनीहरुले पोष्टमाटम गर्ने दिएका छन ।
मृतक पौडेलका स्वयम भाई पुन्य प्रसाद पौडेलले दाईको हत्या भएको बताएका छन् । मृतक पौडेलका साढुभाई र सालाले केही समय अघि हात बाँधेर कुटपिट पनि गरेकाले यो हत्या भएको उनले दावी गरे । यस अघि पनि दाईलाई वारम्वार कुटपिट भएको थियो अहिले पनि मारेको हो उनले भने । दाई आफै झुण्डेर नमरेको दावी गदै साडुभाई र सालाले मारेको उनको दावी छ । मेरो दाईको हत्या भएको छ ,प्रहरीले गम्भिर ढंगले अनुसन्धान गरोस मृतकका भाई पुन्यले भने ।
घरायसी विषयमा मृतक र परिवारका सदस्यहरुवीच झै झगडा भईरहने गरेको थियो । स्थानियले भने हत्या भएको बताउँदै सालो र साढुभाई दोषी रहेको बताएका छन् । शंकास्पद अवस्थामा झुण्डिएको भेटिएको भन्दै शव लान अवरोध गरेका थिए । उनीहरुले दोषी देखिएका भनिएका व्यक्तिहरुलाई पक्राउ नगरे सम्म शव लान नदिने स्थानीयबासी समित वस्नेतले वताएका थिए । उनले हत्या भएको भन्दै अनुसन्धान बलियो वनाउँन प्रहरी प्रशासन समक्ष माग गरेका छन ।
स्थानियको दवाब र शंस्कास्पद देखिएका दुई चुडामनी निरौला र कृष्ण पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । घटना केही शंस्कास्पद देखिएको भएपनि हत्या वा आत्महत्या यकिन भन्न नसकिने प्रहरी असई सुरेन्द्र ढुंगेलले बताएका छन् । प्रहरीले घटनाको विषयमा गम्भिर अनुसन्धान गर्ने बताएपछि स्थानियले शव पोसमार्टमका लागि लान दिएका थिए । शव पोष्टर्माटमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।