धरान/धरान वडा नं ८ अरुण टोलमा लामो समय देखि अव्यवस्थित तरिकाले सुङगुर पालन गरेकाे र र्दुगन्धका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकोले चिन्तित भएको स्थानिय बताउछन् ।

२० घर भन्दा बढी घरमा माउ र बच्चा गरि १०० काे सङ्ख्यामा सुङगर अव्यवस्थित रुपमा पालन गरेको बारम्बार धरान उपमहानगरपालिकाबाट अनुगमन भए पनि त्यसमा कुनै सुधार नआएको जन गुनासो छ ।

सुङगुर पालनको सट्टामा बाख्रा पालनलाई प्रोत्साहन गरिए पनि कमि नभएको एक स्थानिय बताउछन् ।