शनिश्चरे/दुवै मृगौलाले काम नगरेपछि उपचारमा आर्थिक समस्यामा परेका मोरङको पथरीशनिश्चरे १ का ४७ वर्षीय प्रकाश थापाको मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग जुटाउन स्थानीय युवाहरुले ‘प्रकाश थापा बचाऔंं अभियान समिति’ गठन गरेका छन् ।
कम्प्युटर जोनका प्रमुख युवा व्यवसायी मनोज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी सहयोग संकलन कार्य अघि बढाइएको छ ।
विपन्न परिवारका समाजसेवी थापाको ०७३ फागुनबाट दुवै मृगौलाले काम नगरेपछि काठमाडौंको वीर अस्पतालमा डाइलोसिस भइरहेको छ् । राष्ट्यि वाणिज्य वैंक पथरी शाखाको सुरक्षा कर्मचारीका रुपमा कार्यरत उनले गत फागुनदेखि विरामी परेर आफ्नो जागिर समेत छोडिएको अवस्था छ ।
०७४ वैशाखदेखि परिवारै सहित काठमाडौंमा बसेर उपचार गराइरहेका छन् । निशुल्क डाइलोसिस भइरहेपनि साताको २ पटक डाइलोसिस गराउँदा रगत लगाउन, औषधि सेवन गर्न र खाना वस्न गरी मासिक ३० हजार रुपैयाँ खर्च हुने गरेको छ । आफ्नो उपचारमा हालसम्म ५ लाख वढी खर्च भइसकेको थापाले बताएका छन् ।
ऋणपान गरेर आफ्नो उपचार भइरहेको अवस्थामा मृगौला प्रत्यारोपणका लागि अझ समस्या भइरहेको छ । यसखाले अप्ठेरो परिस्थिती बुझेपछि हामी नगरका युवाहरुले उनलाई वचाउने अभियानका लागि समिति गठन गरेर सहयोगका लागि सवैलाई आव्हान गरिएको संयोजक श्रेष्ठले जनाए । मृगौला प्रत्यारोपण गरेर पुरा आयु जीवन वाँच्ने थापाको अभिलासालाई साकार पार्न सहयोगी हातहरुको अत्यन्तै आवश्यकता परेकाले उनको पुकारलाई मनन् गर्दै देश र विदेशमा रहनेले सक्दो सहयोग पुर्याइदिन समितिले फेसवुक पेजमार्फत समेत अपील गरेको छ ।
जसका लागि उनकी श्रीमती अनिता थापाको नाममा राष्ट्रिय वाणिज्य बैंक ,पथरी शाखाको खाता नम्बर २५६०००२१६५१० मा समेत सहयोग गर्न समितिले आव्हान गरेको छ । नगरका समाजसेवी भीमकुमार राईको पहलमा समेत सहयोग संकलन कार्य भइरहेको छ ।