ताप्लेजुङ/नेपाल रेडक्रस सोसाईटीको ५५ औ स्थापना दिवसको अवसरमा ताप्लेजुङमा ब्लड ग्रुप र ब्लड प्रेसर परीक्षण गर्नुको साथै ६८ जना रक्तदातालाई सम्मान गरीएको छ । सदरमुकाम स्थित विरेन्द्र चोकमा सोमबार ईच्छुकको निशुल्क ब्लड ग्रुप र ब्लड प्रेसर परीक्षण गरीएको नेपाल रेडक्रस सोसाईटी शाखा ताप्लेजुङले जनाएको छ ।

शाखाले ब्लड ग्रुप जाँच गर्ने स्थानियलाई चाहिएको अबस्थामा रक्तदान गर्न समेत आग्रह गरेको गरेको शाखाका मन्त्रि ईन्द्रबहादुर गुरुङले बताए । सो कार्यक्रममा तीन दर्जन बढि स्थानियले प्रेसर र ब्लड गु्रप जाँच गरेको आयोजकले बताएको छ ।

यसै बिच सो साखाले सोमबार विभिन्न समयमा दुई पटक भन्दा बढि रक्तदान गर्ने ६८ जना रक्तदातालाई प्रमाणपत्र सहित सम्मान समेत गरेको छ । नेपाल रेडक्रस सोसाईटिको तथ्याङ्क अनुसार ताप्लेजुङमा छ सय भन्दा बढि रक्तदाताहरु रहेका छन् ।

अस्पतालमानै पुगेर आवस्यक परेको समयमा रक्तदान गर्नेमात्रै ५ सय ८८ रहेको र विभिन्न समयमा चलाईएका रक्तदान कार्यक्रममा सहभागि रक्तदाता समेत जोड्दा करीव ७ सयको हाराहारीमा जिल्लामा रक्तदाता रहेको नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाका मन्त्रि ईन्द्रबहादुर गुरुङले बताए ।

ताप्लेजुङमा ब्लड बैक नहुँदा विरामिलाई आवस्यक परेको समयमा रक्तदाता खोज्नुपर्ने बाध्यता रहेको छ । नेपाल रेडक्रस सोसाईटिले विभिन्न समयमा रक्तदान कार्यक्रम चलाउने र रक्तदाताको तथ्याङ्क सहित फोन नंबर समेत राख्ने हुँदा आवस्यक परेको समयमा बोलाई रक्तदान गराउनुपर्ने अवस्था रहेको छ ।