धरान/मिस पूर्वाञ्चलका सहभागीहरुलाई ५ दिने इपिएस तालिम आइतबार सम्पन्न भएको छ ।
धरान–१८ स्थित धरान इन्टरनेशन कलज अफ होटल म्यानेजमेन्टको सभाहलमा सम्पन्न तालिममा प्राध्यापक तथा बरिष्ठ प्रशिक्षक राजबिमल श्रेष्ठ, प्राध्यापक रविन्द्र थापाले सहभागीहरुलाई प्रशिक्षण गराएका थिए ।
सहभागीहरुको व्यक्तित्व विकासका लागि विभिन्न प्रशिक्षण तथा फिल्ड भिजिट लगायतका तालिम दिइने मिस पूर्वाञ्चलका आयोजक सिल्भर इन्टरटेनमेन्टका सौरभ श्रेष्ठले बताए ।
सहभागीहरूलार्इ तालिममा पत्रिकारिता सम्बन्धित ब्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोरकुमार कार्की र सञ्चारकर्मी सुरेश राईले उद्घोषण कला सम्बन्धि सहजिकरण गरेका हुन् ।
यसैबिच चलचित्र निर्देशक दिपक श्रेष्ठ, प्राध्यापक तारा चाम्लिङ, गायक नवराम राईसँग अन्तरक्रिया गरिएकाे थियाे।
पूर्व मिस पूर्वाञ्चल नेमिता आङबुहाङले सौन्दर्यको विषयमा , निसुङ्मा ब्युटि पार्लरकी सञ्चालक विष्णु लिम्बूले मेकअप सम्बन्धि, फोटोग्राफि नरेन राईले र फेसन सम्बन्धी डिजाइनर अमृत कुवरले प्रशिक्षण दिएका थिए । बरिष्ठ छाला रोग विशेषज्ञ डा. धनकेशर खड्काले छालाको महत्व तथा हेरचाहको विषय सहभागीहरूलाई जानकारी गर्याएका थिए ।
मिस पूर्वाञ्चलमा सहभागीहरुलाई उत्कृष्ठ बनाउने उदेश्यले विभिन्न ट्रेनिङहरु दिइएको साथै समाजप्रति उत्तरदायी र जिम्मेवारी बनाउन विभिन्न स्थानको भ्रमण गराइएको व्यक्तित्व तथा चौतर्फी विकासको निम्ति विभिन्न प्रशिक्षण दिइएको आयोजक सौरभ श्रेष्ठले जानकारी दिए ।