भद्रपुर । चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका पुरुषोतम अधिकारीको नेत्तृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
यस्तै उपाध्यक्षमा नेपाली काँग्रेस माओवादी समूहकी रेखा अधिकारी, सचिवमा एमाले समूहका बाबुराम कार्की विजयी भएका छन् । यस्तै सहसचिवमा एमालेकै तर्फबाट उम्मेदवारी दिएका टंककुमारी पोखरेल र कोषाध्यक्षमा राजन आचार्य निर्वाचित भएका छन् ।
समितिको सदस्यहरुमा काँग्रेस समूहबाट सन्तोष घिमिरे र राजेश निरौला विजयी भएका छन् । यस्तै नेकपा एमालेका तर्फबाट तेजप्रसाद चापागाई, अम्बिका मैनाली, गंगा घिमिरे र झुमा दाहाल विजयी भएका छन् । एमालेसंग राप्रपा मिलेको थियो भने काँग्रेसमा माओवादी समावेस भएको थियो ।