इटहरी/ महिलाद्वारा इटहरीमा सञ्चालित महिला बचत तथा ऋण सहकारी संस्थाको १९ औँ बार्षिक साधारणसभा सम्प्न्न भएको छ । इटहरी उपमहानगर पालिकाको प्रमुख द्धारीकलाल चौधरीको प्रमुख आतिथ्यमा शनिबार साधारण सभा सम्पन्न भएको हो ।

सो अवसरमा संस्थाको शेयर पुजी रु चार करडो, ४३ लाख, ८४ हजार ९० सय रुपैयाँ र २२ करोड ६९ लाख ९० हजार ए कसय ३६ रुपैयाँ निक्षेप रहेको जानकारी दिइयो । संस्थाकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा इटहरी उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी गौतम ,राष्ट्रिय सहकारी संघका लेखा समिती सदस्य सोमबहादुर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । संस्थाकी अध्यक्ष संस्थाले यस वर्षको लागि २२ करोड, ६९ लाख, ८० हजार चार सय ५५ रुपैयाँ र ४१ लाख, ३९ हजार ५ सय ४३ रुपैयाँ व्याज असुली गरेको जानकारी दिइन् ।

इटहरी र आसपासका क्षेत्रमा फैलिएको महिला बचत तथा ऋण सहकारी संस्थामा चार हजार ३ सय १९ जना सेयर सदस्य रहेको र संस्थाले आफ्ना सेयर सदस्यको आर्थिक उन्नतीको लागि २७ करोड ४५ लाख ७७ हजार १ सय ५६ लगानी गरेको पनि सो अवसरमा जानकारी दिइयो ।