इटहरी/ पूर्वाञ्चल टिपर ब्यवसायी संघको दोस्रो बार्षिका साधारणसभा सम्पन्न भएको छ । साधारण सभाका अवसरमा संस्थामा आवद्ध भएर पनि स्थानीय तहमा निर्वाचित भएका व्यक्तीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संघका पदाधिकारीहरु मध्ये मोरङ्ग जिल्लाको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी तथा उर्लावारी नगरपालिका ६ का वडा अध्यक्ष सचित शाक्य र सुन्दरहरैचा ७ का वडा अध्यक्ष चैतन्यप्रसाद सिटौलालाई सम्मान गरिएको थियो ।

साधारणसभामा कोषाध्यक्ष सन्दिपकुमार सिहले ७३ लाख ५६ हजार बढिको कारोवार गरेको र आगामी बर्षमा सङघले ९४ लाख ८६ लाख बढिको कारोवार गर्ने अनुमानित बजेट पेश गरेका थिए । संघका अध्यक्ष टेकबहादुर कार्कीको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।