धरान/धरान छाताचौक एपल डिजिटल सेन्टर अगाडी शनिबार राती एम्बुलेन्सको ठक्करबाट एक अपरिचित महिलाको मृत्यु भएको छ ।
लक्ष्मी सडकबाट भानुचौकतिर तीब्र गतिमा अाइरहेकाे को.१. त ७६४५ नम्बरको एम्बुलेन्सले राती करिब ११ बजे बाटोमा हिडिरहेकी सो अपरिचित महिला लाई ठक्कर दिदा ज्यान गएकाे छ ।
एम्बुलेन्सको ठक्करबाट ज्यान जाने करिब ३५/४० बर्षिय महिला रहेको छ । अहिले सम्म खाेजी गर्न काेँही नअाएकाेले आफन्तको पहिचान खुलाउन नसकिएकाे ईलाका प्रहरी कार्यलय धरानले जानएको छ।
ठक्कर दिई फरार भएका एम्बुलेन्सका चालकलाई ईलाका प्रहरी कार्यलय धरानले नियन्त्रणमा लिएको छ । मृतक महिलाको शब बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ ।