विजयपुर/प्रहरी देख्न साथ सर्बसाधरणले आफु सुरक्षित भएको महसुस गर्नु पर्ने हो । प्रहरीको रुखो ब्यबाहरबाट सिंगौ प्रहरी संगठनको नै बद्नाम हुने अबस्था आएपछि नेपाल प्रहरीले मुस्कान सहितको प्रहरी सेवा र प्रहरी मेरो साथी जस्ता अभियानपनि सञ्चालन गर्यो ।
तर बिडम्बना सुनसरीको बराहनगरपालीकामा रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टिका प्रहरी निरिक्षक (इन्सपेक्टर) गंगा पौडेलका कारण सर्बसाधरण झन आतङकित भएका छन् ।
सर्बसाधरण मात्र हैन प्रहरी निरिक्षकको ब्यबाहारबाट सरकारको अहिलेको मर्यदाक्रममा आफु भन्दा आठै तह माथिको हैसियत राख्ने बराह नगरपालीकाका मेयर निलम खनालपनि पिडित छ ।हालको नयाँ मर्यादाक्रम अनुसार नगरपालीकाका मेयर १९ औ नम्मरमा पर्छन् भने प्रहरी निरिक्षक २७ औ नम्मरमा पर्छन ।
स्थानिय तह सञ्चालन कार्यबिधि अनुसार मेयरले नगर क्षेत्रभित्रको शान्ति सुरक्षाको ब्यबसथा मिलाउन स्थानिय सुरक्षा अधिकारीलाई निर्देशन समेत दिन सक्छन् ।प्रहरीले दु्ख दिएका धेरै गुनासाहरु आएका छन् मेयर खनालले भने ‘यस इलाकामा अहिले सम्मकै अराजक इन्पेक्टर हामीले पाएका छौ ।
जनताले इन्पेक्टरलाई हेर्ने नहुने ,हेर्यो भने कुटीहाल्नु पर्ने स्वभाब हाम्रा इन्सपेक्टर साबको रहेछ उनले भने ।प्रहरी निरिक्षक पौडेलले सर्बसाधरणलाई अनाबश्यक दुख दिने गरेको गुनासोहरु सर्बत्र बढ्न थालेको छ ।
गुण्डागर्दि नियन्त्रण र शान्ति सु्रक्षा कायम गर्ने नाममा इन्सपेक्टर पौडेलले स्थानिय युवा,ब्यापारी र सर्बसाधरणलाई अनाबश्यक दुख दिने ,अश्लीस शब्दले गाली गर्ने जस्ता कार्य गर्ने गरेको स्थानियको गुनासो छ ।स्थानिय युवा सुर्यबहादुर लिम्बुलाईपनि गत बिहिबार राती प्रहरी निरीक्षक पौडेलले राती हिडेको भन्दै कुटपिट गरेर घाइते बनाएको आरोप छ ।
पिडित सुर्यबहादुर लिम्बुले तिजको कार्यक्रम हेरिरहेको अबस्थामा आएर एक्कासी कुटपिट गरेको बताए ।राती किन बाटोमा बसेको भन्दै थर्काए अनि कुटपिट गर्न थाले उनले भने त्यो दिन हामी तिज बिशेष कार्यक्रम हेरिरहेका थियौं ।
आफुले गल्ती गरेको भए कानुनी कारबाही गर्न आग्रह गर्दा ‘हामीलाई सिकाउने’?भन्दै मलाई मुखमा हानियो,मैले वडाध्यक्ष ज्युलाई बोलाई दिनुस् भनेर साथीहरु भन्दा ‘ए तँ गुण्डा बोलाउने ?’भन्दै कुटपिट गरेको गुनासो गरे ।
प्रहरीबाट सुरक्षा पाउने आशा गरेका थियौ तर हामी आफै असुरक्षित भयौ उनले द्ुख पोखे । अहिले स्थानिय ब्यापारीहरु पनि साँझ पर्ने बित्तिकै पसल बन्द गर्न थालेको उनले बताए ।‘हामीले निर्धक्क सँग काम गर्ने,हिड्ने अबस्था रहेन उनले भने ‘हामी प्रहरीबाटै असुरक्षित भयौ।’ खेलाडी समेत रहेका लिम्बुको प्रहरीको कुटाईबाट चोट समेत लागेको छ ।
‘गुण्डागर्दि गर्ने र शान्ति सुरक्षामा खलल पु¥याउनेलाई कारबाही गर्नु पर्छ ,त्यसमा हामीपनि सहयोग गर्छो तर शान्तिपुर्वक काम गर्ने र हिडडुल पाउने नागरिकको अधिकार उपभोग गर्न पाउनु पर्छ’ बराह नगरपालीकाका ३ का जीतबहादुर बस्नेतले भने ।
अहिले प्रहरीबाटै असुरक्षित हुने पर्ने र र्दुब्यबाहार भोग्नु पर्ने अबस्था आयो,यस्ता प्रहरी इन्चार्ज हामीलाई चाहिदैन उनले भने । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमख एसपी बिद्यानन्द माझिले यस बिषयमा के भएको हो ‘बुझ्ने’ बताए । म डिएसपी साबको नेतृत्वमा टोलि खटाएर के भएको रहेछु बुझ्छु उनले भने । क्याब ःइन्पेक्टर पौडेलको कुटाईबाट मुखमा लागेको चोट देखाउदै खेलाडी सुर्यबहादुर ।