तेह्रथुम/आगामी तीन महिना भित्रमा जिल्लाको छ ओटै स्थानीय तहमा समानान्तर जनसरकार गठन गर्ने तयारी भएको नेपाल कम्युनिष्ठ पार्टी तेह्रथुमले जनाएको छ ।
तेह्रथुमको म्याङलुङ्गमा नेपाल कम्युनिष्ठ पार्टी विप्लवले आयोजना गरेको संगठन सुद्धिणीकरण तथा प्रतिरोध अभियानको उद्धघाटन कार्यक्रममा यस्तो बताईएको हो । कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज प्रदापले कार्यक्रताहरुलाई प्रशिक्षण दिदै तीन महिनामा छ ओटै स्थानीय निकायमा जनसरकार गठन गर्ने बताए । जनसरकारले संसदिय ब्यवस्था खारेज गरि बैज्ञानिक समाजबादी ब्यवस्था स्थापना गर्नका लागि जन सक्ताको अभ्यास गर्ने ईन्चार्ज प्रदापले बताए ।
उनले आगामी निर्वाचन पूर्ण रुपमा खारेज गर्नका लागि दवाव दिन जिल्लाका गाउँ गाउँमा अभियान चलाईने पनि बताए । कार्यक्रममा जिल्ला सेक्रेटरी कमला कन्दङ्गवाले जिल्लामा रहेका भ्रष्टचारीलाई खोजी खोजी जन कारवाही गर्ने तयारी भएको बताउदै कार्यक्रताहरुलाई सवैको रोकड राख्न लगाएको जानकारी दिईन । कार्यक्रममा जिल्ला सदस्य विष्फोट, ससि ढटाल र हेमराज लिम्वुले अा-अफ्ना भनाई राखेका थिए ।