विराटनगर/बिगतका समयमा युवाहरु लागुऔसधीको प्रयोगकर्ताको संख्या बढ्ढो छ । प्राय जसो कलेज तथा बिधालय पढ्ने बिध्धार्थी तर कोहि भने उनिहरुको लागि उदाहरणको पात्र बनेका छन ।
बिराटनगर ५ स्थित एभरेस्ट कलेज कक्षा १२ मा अध्यनरत आभाष फुयाल सबैको उदाहरणको पात्र बन्दै समाजसेवामा लागि परेका छन। बिराटनगरमा संचालित बिइङ नेपाली नामक अभियानका एक अभियानाकर्ता समेत हुन उनी । करिब २ साता अघि तराइको भुभाग र तराइका बासिन्दा बाढीले रुइराखेका छन।
उनिहरुलाइ सरकारबाट उचित राहातको प्राप्त भएका छैनन ।तर उनी भने सरकारको मुख नहेरी आफै राहात बितरण गर्न ब्यस्त छन। अमेरिका मा बस्ने सानिमा कृति काफ्लेको सहयोगमा उनले बिराटनगर वडा न. ५ शान्ती टोल कोचाखालका २६ उच्च बाढी प्रभावित परिवारलाइ राहात सामग्री बादेका छन ।
उनलाइ आफ्नो परिवारले समेत सहयोग गरेको उनले जानकारी दिए। उनले २६ परिवारलाइ बस्ने म्याट , ब्ल्याङ्केट , चिउरा , भुजिया तथा मेडिकल सपोर्ट समेत गरेका छन । साथै उनले सान्ती बाल क्लबका अध्यक्षलाई करिब २ दर्जन कापी तथा पेन समेत बितरण गरेका छन।
उनले बिशेष धन्यवाद अमेरिका निवासी उनका सनिमा कृति काफ्लेलाइ दिन चाहे। बिगतको समयमा समाज सेवामा लागेका धुर्मुस सुन्तली तथा यस्ता पात्र हरुलाइ सबैले प्रोत्साहन गर्नु पर्दछ।