इटहरी/झण्डै दश किलो मिटर बाढीमा बगेर ज्यान बचाएकी इटहरीकी सानुमाया राईलाई एक लाख ६४ हजार पाँच सय रुपैयाँ प्रदान गरिएको छ ।

किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति सुनसरीले शनिबार इटहरीमा आयोजना गरेको कार्यक्रममा डा. नवलकिशोर राई मार्फत संकलन भएको ७० हजार ५ सय रुपैयाँ र अमेरिकाबाट रामप्रसाद राई प्रभा राईले पठाएको एक लाख चार हजार रुपैयाँ मध्ये ९४ हजार रुपैयाँ प्रदान गरिएको हो ।

सानुमायाको उद्धारमा सयहोग पुयाउने विरु ऋषीदेव र अनिल ऋषीदेवलाई डा. नवलकिशोरले संकलन गरेकोे कोषबाट जनही ७ हजार पाँच सय रुपैयाँ र अमेरिकाबाट रमबाट जनही ५/५ हजार रुपैयाँ प्रदान गरिएको थियो । यसै गरी किरात राई यायोक्खाले इटहरीका बाढी पिडित २ सय ७७ परिवारलाई तीन लाख रुपैयाँ बराबरको राहत प्रदान गरेको छ ।

किरात राई यायोक्खाबाट एक लाख ५० हजार रुपैयाँ र किरात राई साँस्कृतिक कलाकार संघ र किराता राई विद्यार्थी संघबाट प्राप्त एक लाख ५० हजार रुपैयाँको राहत प्रदान गरिएको किरात राई यायोक्खा सुनसरी अध्यक्ष कमला राईले जानकारी दिइन् । इटहरीस्थित तायारिप्ची भवनमा भएको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सदस्य श्रीशिशा राईको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्का सहित सञ्चारकर्मी तथा आयोजक संस्थाका पदाधिकारीको सहभागिता रहेको थियो ।