तेह्रथुम/म्याङलुङ नगरपालिका २ तेह्रथुम बस्ने बर्ष २६ की मानसिक रोगी सुशिला तामाङको उपचार हुने भएको छ ।

उपचारका लागि स्थानीयले आर्थिक संकलन समेत सुरु गरे पछि तामाङको उपचार हुने भएको हो । बिगत ४ बर्ष देखि मानसिक रोगी भएकी तामाङको उपचारका लागि स्थानीयले अभियान चलाएर आर्थिक संकलन गर्न थालेका हुन् ।

बिरामीको काठमाण्डौमा रहेको कोसिस सस्थामा उपचार गर्नका लागि रकम चाहिएकोले स्थानीय र संघ सस्थाहरु मार्फत आर्थिक रकम संकलन गर्न थालिएको स्थानीय शिक्षक बीर बहादुर केसीले बताए । उनका अनुसार तामाङको उपचारका लागि अहिले सम्म १८ हजार बढी रकम संकलन भएको छ । तामाङको उपचारका लागि स्थानीयबासीबाट नगद १० हजार ५ सय १५ र देउराली सोसाईटी तेह्रथुमबाट ७ हजार ७ सय ६० गरि जम्मा १८ हजार २ सय ७५ जम्मा भएको छ ।

बिरामी भएकी तामाङ बिगत केहि बर्ष देखि परिवार र समाज संग घुलमेल हुन छाडेकी छिन् । मानसिक बिरामी भए पछि परिवारले उपचार गर्न प्रयास गरे पनि नियमित औषधी सेवन नगरे पछि सुशिलालाई समस्या हुन थालेको हो । करिब २ बर्ष अस्वाभाबिक गतिबिधी गर्न थाले पछि आफन्तले उनकोलाई फालामे साङलोले समेत बाधेर राखे पनि उनको ब्याबहारमा सुधार नआए पछि फेरी उनलाई साङलोबाट मुक्त गरिए संगै उनी खुलम खुल्ला हिड्न थालेकी छिन् ।

जहा पायो त्यही हिड्ने जे मन लाग्यो त्यही गर्न थाले पछि अस्वाभाविक गतिबिधी गर्न थाले पछि परिवार मात्र हैन समाजनै अचम्म पर्न थालेका छन् ।