धरान/नेपाल नर्सिङ संघ, वी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान इकाईले सुनसरीको भोक्राहाका बाढी पीडितहरुलाई राहत वितरण गरेको छ ।
संघका अध्यक्ष उपेन्द्र यादवको पहलमा प्रतिष्ठानका नर्सिङ शिक्षक तथा कर्मचारीहरु सुनिता शाह, हरि राई, लक्ष्मी राई, मंजु श्रेष्ठ, कृति चौधरी, रम्भा सिग्देल, पन्ना राई, कृति थापा, सिर्जना प्रधान, बिनिता तामाङ, सजु गुरुङ, अनु थापा, श्रीमाया श्रेष्ठ, दिप थापा, नेविना लगायतको टोलीले भोक्राहाका २ सय घर परिवारलाई चाउचाउ, चिउरा, चिनी, भुजा, साबुन, ब्रस, टुथपेस्ट लगायतका राहत समाग्री वितरण गरेको प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले जनाएको छ । साथै प्रतिष्ठानका डाक्टर श्रीमती संघका तर्फबाट समेत सोही अवसरमा २३ थान नयाँ तन्ना वितरण गरीएको थियो ।
राहत वितरण कार्यक्रममा भोक्राहा गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव, वडा अध्यक्ष रामचन्द्र यादव, नेपाल नर्सिङ संघ सुनसरीका अध्यक्ष करुना तिमिल्सिना, राष्ट्रिय सवास्थ्य कर्मी संघ सुनसरीका अध्यक्ष श्री मैया तामाङ लगायतको उपस्थिति रहेको थियो । सुनसरी खोलामा आएको बाढीवाट अति प्रभावित भोक्राहा गाउँपालिकाका पिडितहरुले राज्य पक्षबाट उचित राहत नपाएको गुनासोको अधारमा सो गाउँपालिकामा राहत वितरण गरिएको संघले जनाएको छ ।