भद्रपुर । झापाको भद्रपुरबाट अन्दाजी ९० किलो गोरुको मासु बरामद गरिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको गस्ती टोलीले भद्रपुर २ स्थित डी गाँउबाट गोरुको मासु बरामद गरेको हो ।
भारतबाट नेपाल भित्राइएको गोरुको मासु साइकलमा हालेर एक भारतीय नागरिकले भद्रपुर ल्याएका थिए । सशस्त्र प्रहरीले सूचना पाएसगै गोरुको मासु बरामद गरेको हो ।
मासु ल्याउने व्यक्ति भने साइकल छाडेर फरार भएको सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ । बरामद गरिएको मासुलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीको रोहवरमा नष्ट गरिएको छ ।
भारतबाट भित्राइने गोरुको मासु झापाका विभिन्न होटलहरुमा बेच्न ल्याउने गरेको स्रोतको दावी छ ।
भारतीय व्यापारीले विहार नाकाबाट गोरुको मासु नेपाल भित्रउछन । सो नाकाबाट भित्राइएको मासु यसअघि पनि सशस्त्र प्रहरीले पटक पटक बरामद गरेपनि अझै नियन्त्रण हुन सकेको छैन ।