धरान/उज्यालो नेपाल महिला समूहले 'हरितालिका तीज विशेषमा फेसन शो' कार्यक्रम गरिएको छ । ब्रिटिस सामुदायिक भवनमा सोमबार साँझ सम्पन्न तीज विशेषमा व्युटि प्याजेन्ट प्रतियोगिता पनि गरिएको थियो । कार्यक्रममा वेष्ट क्याटवकमा अरुणा राई, बेष्ट डान्सरमा गुञ्जना गिरी, बेष्ट फिगरमा सगुन लिम्बू, मोष्ट व्युटिफुलमा उमा ताम्राकार, बेष्ठ पर्सनालिटीमा सुजता श्रेष्ठ, अट्र्याक्टिभ लेडीमा सोनिया लिम्बू, बेष्ट जुरोमा हरिकला मादेन, बेष्ट स्माइलमा विमला लिम्बू, परम्परागत पोशाकमा जुनिता लिम्बू, बेष्ट ड्रेसमा कमला रुचाल बनेका थिए । कार्यक्रममा गायकद्वय एपि शेर्पा र हर्षु राईले प्रस्तुती दिँदा कार्यक्रम थप मनोरञ्जनात्मक बनेको थियो । फेशन शोलाई मोडल कुन्नी हाङस्रोङले कोरियोग्राफी गरेकी थिइन् भने भिन्टेज लाउन्ज एण्ड बार, रोमा व्युटि पार्लर, व्युटिसियन तरुणा राईको सहयोग रहेको समूहकी सचिव एसुङ लिम्बूले जानकारी दिइन् । यसैबीच वडा नम्बर १० वडा समिति र गायिका हर्षु राईले धरान-१६ की बच्ची अनुषा राई संर्घष समितिलाई समूहमार्फत् दिने गरी नगद १० हजार रुपैया सहयोग गरेको छ । समूहकी अध्यक्ष चित्रा लिम्बूले नगद प्राप्त गर्दै समितिलाई उपलब्ध गराउने बताएकी छन् । महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्राचार्यको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा गीतकार मिना सिंगकलगायतको उपस्थिति रहेको थियो ।