धरान/ इजि राइर्डस प्रा.ली धरानले उत्पादन गरेको ‘धराने ड्रिङकिङ वाटर’को प्रबद्र्धन गर्न होटल एसोसिएसन अफ धरानले कम्पनीसँग सहकार्य गर्ने भएको छ ।
धरान १५ स्थित होटल इजि राइर्डसमा इजि राइर्डस कंपनिको आयोजना तथा होटल एसोसिएसन अफ धरानको संयोजनमा वुधवार आयोजित धरानका होटल व्यवसायीहरुको भेलामा धराने वाटरको प्रबद्धन गर्न एसोसिएसनले सहकार्य गर्ने निर्णय गरेको हो ।
पानीको प्रबद्धन र एसोसिएसनको सहयोगका लागि सहकार्य हुने एसोसिएसनका अध्यक्ष सुवर्ण पलिखेले जानकारी दिए ।नुमानीत तथ्याङक अनुसार धरानमा अहिले दैनिक तिन हजार पाच सय कार्टुन खपत हुने गर्छ ।
इजि राइर्डस प्रालीका अध्यक्ष समेत रहेका लोक खापुङ्गका अनुसार होटल व्यवसायी संघ मार्फत आएमा एक कार्टुन धरान पानी वरावर पाच रुपैया संस्थाको सहयोगको लागि छुट्याउन सकिने वताए ।
यस खाले सहकार्यले संस्थालाई मात्र होइन धरानको उत्पादन तथा उत्पादन कर्ताहरु पनि प्रोत्साहित हुने इजि राइर्डस प्रलिका निर्देशक मण्रिाज राईले जनाए ।