तरहरा / प्रहरी संगठन विपरीत काम गरेको भन्दै पूर्व क्षेत्रीय प्रहरी कार्यलय विराटनगरले गत फागुन देखि श्रावन मसान्त सम्मका अवधीमा धनकुटाका एसपी सुदिपराज भण्डारी सहित १ सय ५० जना प्रहरीलाई कार्वार्ही गरेको छ ।
संगठन विरुद्ध काम गर्ने २ सय ७६ जनालाई भने सचेत गराईएको पूर्व क्षेत्रीय प्रहरी कार्यलय विराटनगरले जनाएको हो । पूर्व क्षेत्रमा कार्यरत एक एसपी, एक इन्स्पेक्टर,९ जना सई,१५ जना असई ४१ जना प्रहरी हल्दार,८६ जना प्रहरी जवानलाई कार्वार्ही गरेको हो । त्यस्तै २ सय ७६ जनालाई कार्वार्ही स्वरुप सचेत गराईएको छ ।
गत फागुन महिना देखि हाल सम्म धनकुटाका एसपी भण्डारी र इन्स्पेक्टर गणेशमान श्रेष्ठ, सहित ४ सय २६ जनालाई कार्वार्ही गरीएको पूर्व क्षेत्रीय प्रहरी कार्यलयका प्रहरी प्रवक्ता इन्स्पेक्टर शिवकुमार पोखरेलले जनाए । कार्वार्ही पर्नेमा सईहरु सुमन न्यौपाने,रामजी दमाई,धनेन्द्रकुमार नेपाल,हस्तवहादुर श्रष्ठ,यामप्रसाद अधिकारी,पशुपतिनाथ ढुंगाना,डम्वरबादुर अधिकारी लगायत ९ जनालाई कार्वार्ही गरेको हो ।
त्यस्तै असईहरु ज्ञानु खड्का,श्यामप्रसाद कोईराला,जितेशकुमार देव,लालबाबु मण्डल,धर्मेन्द्रदेब मण्डल,पुजन लाप्जा,पदम बहादुर कटुवाल,रत्नबहादुर बस्नेत,देबबहादुर धमला,खगेश्वरप्रसाद आचार्य लगायत १५ जना असई कार्वार्हीमा परेको प्रवक्ता पोखरेलले वताए ।
गत फागुनमा पूर्व क्षेत्रीय प्रहरी कार्यलयमा आएका डिआईजी रमेश भट्टराई आए सँगै असार मसान्त सम्ममा संगठनमा आर्थिक लेनदेन,अनैतिक सम्वन्ध,मादक पदार्थ सवेन , संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमवाली विरुद्ध काम गर्नेलाई धमाधम कार्वार्ही गरेको हो । प्रहरी आफै सुध्रन जरुरी रहेको भन्दै पूर्व क्षेत्रीय प्रहरी कार्यलयले यो अभियान थालेको डिआईजी भट्टराईले वताए । संगठन विपरीत काम गर्नेले सजाय पाउँछ डिआईजी भट्टराईले थपे ।
डिआईजी भट्टराईले भने आर्थिक प्रलोभनमा परेको ,आर्थिक अनुशान भगं गरेको,आन्तरीक अनुशासन भगं गरेकाले कार्वार्ही गरेका हौ । हामीले संगठन गल्ती गर्नेलाई कार्वार्ही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान नै चलाएको उनको भनाई थियो । संगठन केहि हद सम्म सुध्रदै गएको वताउँदै उनले संगठनमा आन्तरीक सुद्धिकरण चलीरहने वताए ।
पूर्वका विभिन्न चौकी ,इलाका ,जिल्ला प्रहरी कार्यलय लगायतका ठाउँमा वस्दा आर्थिक चलखेल गरी घुष लिनुको साथै विभिन्न सामाजीक घट्नामा संलग्न रहेकाहरुलाई आन्तरीक सुद्धिकरण गरीएको डिआईजी भट्टराईले भने । पूर्वमा १२ हजार ९ सय ७० जना प्रहरीको दरवन्दी रहेको छ । पूर्वमा नवराज सिलवाल डिआईजी भएर आए सँगै प्रहरी संगठनमा कार्वार्हीको लर्को लागेको हो ।
सिलवालले संगठन सुधार्ने पूर्वमा करीव ५ सय प्रहरीलाई कार्वार्ही गरेका थिए । पूर्वमा अधिकांस भारतीय सिमा क्षेत्र भएको कारण यहाँका प्रहरीहरु आर्थिक चलखेल गर्ने गर्छन । पूर्वमा कमाई हुने जिल्ला र इलाका प्रहरी कार्यलय हुदा यहाँ आउँने प्रहरीहरु शक्ति र आर्थिक चलखेल गरेर आउँने गर्छन ।