अमेरिका/अमेरिकाको भर्जिनिया राज्यका हाउस अफ डेलिगेट जोन जो बेलद्वारा नेपाली संगीतमा ख्यातीप्राप्त प्रसिद्ध गायिका अन्जु पन्त सम्मानित भएकी छन् ।

इन्टरनेसनल नेप्लीज् आर्टिष्ट सोसाइटी (इनास अमेरिका) ले भर्जिनियामा आयोजना गरेको एक सांस्कृतिक कार्यक्रममा भर्जिनिया राज्यका डेलिगेट बेलले नेपाली समुदायमा गायिका पन्तले पुर्याएको योगदानको कदर गर्दै सम्मानित भएकी हुन् ।

अमेरिकामा रहेका नेपाली समुदायप्रति अत्यतै सकारात्मक रहेको र नेपाली संस्कृति र संगीतलाई बचाइराखेमा खुसी लागेको कुरा डेलिगेट जोज जे बेलले कार्यक्रममा बताए । यो अवसरमा नेपाली सांस्कृतिक कार्यक्रममा उपस्थित हुन पाएको र अन्जु पन्त जस्तो ख्यातीप्राप्त नेपाली गायिकालाई सम्मान गर्न पाएकोमा आफु अत्यन्तै खुसी भएको भन्दै इनास अमेरिकालाई धन्यवाद् ब्यक्त गरिन्।

नेपाली संगीत इतिहासमै पहिलो पटक अमेरिकी राज्यका डेलिगेट र सिनेटरबाट गायिका अन्जु पन्तलाई यसरी सम्मानित गर्न पाउँदा इनास अमेरिकाले गर्व महसुस गरेको कुरा अध्यक्ष आनन्दु लामाले बताए । नेपाली संगीतकी स्वर सम्राज्ञी अन्जु पन्तलाई अमेरिकी सरकारी निकायबाट यसरी सम्मान प्राप्त हुनु भनेको सम्पूर्ण नेपाली संगीत जगतको नै सम्मान भएको कुरा बताएको भन्दै आगामी दिनमा नेपाली कलाकारको उचाइ बढाउने काममा लागिरहेन इनास भर्जिनिया च्याप्टरका अध्यक्ष गोविन्ददास श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा सिनेटर जेनिफर वेक्सटन, सिनेटर मार्क वार्नर नेपाली महाबाणिज्यदुत तथा बरिष्ठ गायक प्रेमराजा महत, डेमोक्र्याटस राजनितिज्ञ हरि शर्माको समेत उपस्थित रहेको थियो ।