विजयपुर/किरात राई यायोख्खा सुनसरीले आफ्नो ३० औ स्थापना दिवसको अवसर पारेर सुनसरीको इटहरी र धरानमा सरसफाई तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

[caption id="attachment_51212" align="aligncenter" width="800"] तस्विर उपेन्द्र चाम्लिङ राई[/caption]

आइतबार यायोख्खाले इटहरीमा सरसफाइ कार्यक्रम गरेको थियो भने धरानमा पनि धरान उपमहानगरपालीकाको कार्यालय देखि भानुचौक सम्म सरसफाई गरेको थियो भने साँझ धरानको भानुचौकमा दिप प्रज्वलनपनि गरेको यायोख्खा सुनसरीका सह सचिब राजेन्द्र र्राइले बताए । उनका अनुसार आईतबार साँझ धरानमा कोणसभापनि गरिएको थियो । स्थापना दिवसकै अवसरमा सोमबार रक्तदान कार्यक्रमपनि आयोजना हुने उनले बताए ।