तरहरा/आफ्नो गाउँ टोल आफै बनाउँ’ भन्ने मूल नाराका साथ सुनसरीको इटहरीमा बुल्स इलेभेनले नगरको सरसफाईलाई प्रथामिकता दिईरहेको छ ।
[caption id="attachment_30371" align="alignnone" width="460"]

फाइल फाेटाे[/caption]
पछिल्लो समयमा इटहरी फोहोर बन्दै गएको भन्दै सरसफाईमा ध्यान दिन थालिएको ब्लुल्स इलेभेन क्लब इटहरीले जनाएको छ । सुन्दर हरितनगरीको रुपमा परिचित इटहरी फोहोर मैलाले प्रदुशित हुँदै गएकाले संस्थाले आफ्नो ठाउँ आफैले सफा गर्ने अभियान थालेको हो । शनिबार बिहान संस्थाका एक सयभन्दा धेरै युवाले नगर सरसफाइ गरेका छन । बजार आसपासमा फोहोरको डगुर भएको भन्दै सरसफाई गरीएको क्लबका अध्यक्ष पूर्ण राईले वताए । इटहरीलाई सफा राख्न विगत तिन महिना देखि बजार सफाई गरेका राईको भनाई छ ।
संस्थाले बजार क्षेत्रमा डस्टबिन समेत थप गरेको छ । यस अघि संस्थाले ५० वटा डस्विन बजार आसपासमा राखेको थियो । बाटोमा फोहोर नफाल्न र डस्टविनकै प्रयोग गर्ने बानीको विकास गर्न अभियान थालिएको संस्थाका अध्यक्ष राईले बताएका छन् । राईले पछिल्लो समय इटहरी दुर्ग्न्धित बन्दै भएको र नगरपालिकाले पनि फोहोर उठाउन ध्यान नदिएकाले फोहोर बाटोमै जताततै नहोस् भनेर संस्थाले डस्टबिन राखेको वताए ।