मगर संघद्वारा स्वागत सम्मान
- साउन २२, २०७४
- ब्लाष्ट खबर
धरान/नेपाल मगर संघ धरान नगर समितिले शनिबार धरान उपमहागरभित्र आफ्ना समूदायबाट निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान गरेको छ ।
धरान–१२ बाट निर्वार्चित चुन्नु थापा मगर, धरान–८ का रामकुमार थापा मगर, धरान–४ का गोरसमान आले मगर, धरान–१४ का शोभा पुलामी राई र कार्यपालिका सदस्य कल्पना थापा मगरलाई स्वागत सम्मान गरेको हो । त्यस्तै टेष्टी टेष्टी मिस एसइई २०१७ की लिसरा थापा मगरलाई पनि स्वागत सम्मान गरिएको संघका अध्यक्ष चित्रराज थापा मगरले जनाए ।
संघको आप्mनै भवनमा आयोजित कार्यक्रममा संघकी केन्द्रीय सदस्य शारदा थापा मगरको प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।