तेह्रथुम/वर्षभरी दुःख गरेर खेतवारीमा फलाएको अन्न पाकेर थन्क्याउने समयमा वादरले खाएर सखाप पारेपछि छथर गाउँपालिकाका हमरजुङ, फाक्चामारा र पञ्चकन्याका स्थानीयवासी बसाई हिड्न बाध्यभएका छन । हुलका हुल आउने वादरले खेतवारीमा लगाएको सवै अन्न खाइदिए पछि तिन गाविसवासीका बासिन्दा बसाई सर्ने बाध्यतामा पुगेका हुन् ।
हिउदे र वर्खे दुवै कमाई वादरले थन्क्याउन नदिए पछि धेरैलाई के खाएर बाच्ने भन्ने चिन्ताले पिरोलिरहने हुनाले आफ्नो जग्गा वादरलाई नै छोडेर वसाई सरीरहेका छन् । भएका गाउले पनि वसाई सर्ने तरखरमा रहेको हमरजुङका स्थानीयबासी भिम वहादुर थापाले बताए । वादरले हैरानी खेलाए पछि खेतवारीमा अन्न वाली लगाउनै छोडेको थापाको भनाई छ । ‘हामीलाई सरकारी विकास केही चाहिएन’ उनले भने ‘लगाएको अन्न वाली खाईदिने वादर धपाईदिए पुग्थ्यो ।’ गाउँघरमा हुने झैझडा नियन्त्रण र आपसी द्धन्दलाई सहजै समाधान गर्न प्रभावकारी भुमिका खेलेका थापाले वादरको आतंक भने निर्मुल पार्न नसकेको दुखेसो पोखे । वादरले दुख दिएको र गाउले वसाई सरीरहेको वारे प्रमुख जिल्ला अधिकारी र जिल्ला तहका दलका अगुवा नेताहरुलाई भेटेर पटक पटक पिडा सुनाउदा पनि कुनै सुनुवाई नभएको उनले वताए ।
वादर आतंकले हमरजुङ ३ र ४, पञ्चकन्याका ५ र ९ र फाक्चामारा ९ का वासिन्दा वढी पिडीत भएका छन् । ५ सय भन्दा वढीको संख्यामा हुलका हुल वादर आएर खेतवारीमा पसेपछि खेदाउनुको साटो डरले भाग्ने गरेको स्थानीयबासी बताउछन । पाकी सकेर भाच्ने वेला भएका मकै वादरले खाईदिएको पञ्चकन्या ९ का गोविन्द लिम्वुले वताए । खेतवारीमा टहरा हालेर वसेर खेदाउदा पनि वा“दर भगाउन नसकेको उनले पिडा सुनाए । गाउमा वादरले आतंक मच्चाएर वस्न नदिए पछि हमरजुङ ४ का धान्य प्रसाद भटराई, मधुसुदन भटराई, लक्ष्मी प्रसाद भटराई, पोष्ट वहादुर थापा, होमा खनाल लगायतका १५ वढी घरका गाउले परिवार सहित वसाई सरीसकेका छन् । वाकी रहेका गाउले पनि वादरको पिर सहन नसकी वसाई सर्ने तयारीमा रहेको स्थानीयवासी थापाले वताए ।
केही दिन अघि घरमा कोही नभएको मौका पारी वादरको हुलले घर फोरेर भित्र भएको सवै अन्नपात खाईदिए पछि हमरजुङ ४ का हरिप्रसाद भटराई परीवारलाई के खुवाएर वचाउने भन्ने चिन्तामा परेका छन् । सोही वडाका भक्त वहादुर कार्कीको पनि २० मुरी मकै वादरले खाईदियो । वर्षभरी दुख गरेर उव्जाएको अन्न वादरले खान नदिए पछि यि परीवार पनि जग्गा जमिन र घर त्यसै छोडेर वसाई सर्ने तयारीमा छन् । ‘विक्री गरौं कसैले किन्दैन’ स्थानीय मन वहादुर वस्नेतले ‘भने वादरकै पिरले त्यसै छोडेर हिड्ने तयारीमा छु ।’ वादर नियन्त्रणका उपाय खोजीदिन माग गर्दै गाउले एक वर्ष अघि प्रमुख जिल्ला अधिकारी, जिल्ला वन कार्यालय समक्ष पुगेका थिए । प्रमुख जिल्ला अधिकारीले बन कार्यालयलाई वादर आतंक नियन्त्रणको उपाय खोज्न निर्देशन दिएका थिए । तर त्यसयता वादर भगाउने उपाय वारे सरकारी तहवाट कुनै पहल नभएको गाउलेको भनाई छ । वन अधिकृत कुशवाहले जंगल र वासस्थान वरपर खानाको अभाव भएकाले वादर मानव वस्तीमा जवरजस्ती प्रवेश गरेको हुनसक्ने वताए । वादरले मानव वस्ती र खेतीपाती सखाप पारेको वारे विभागमा जानकारी गराएको अधिकृत कुशवाहले जानकारी दिए ।