विराटनगर/ अदालतले गरेको फैसलालाई प्रभावकारी कार्यन्वयन गराउने उद्देश्यले मोरङ प्रहरी र जिल्ला अदालतले अभियान चलाएपछि अहिले फरार अभियुत्तहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

विभिन्न अपराध गरी लामो समयदेखी फरार भएका अभियुत्तलाई विभिन्न स्थानबाट पक्राउ गरी प्रहरीले अदालत बुझाएका हुन् । प्रहरीले २०७२ फागुनदेखी २०७४ असार मसान्तसम्म ३ सय ८ जना फरार अभियुत्तलाई विभिन्न स्थानदेखीे पक्राउ गरी अदालत बुझाएको मोरङ प्रहरीका प्रबत्ता योगेन्द्रसिंह थापाले जानकारी दिए ।

पक्राउ परेकाबाट ३ करोड ९१ लाख ६७ हजार ९ सुय ७३ रुपैयाँ जरिवाना उठेको छ । प्रहरीले फरार भएका अभियुत्तलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन गरेको थियो ।

प्रहरीले फरार अभियुक्त पक्राउ गर्न जिल्लामा रहेको मातहेतको इलका कार्याललाई निर्देशन दिएको छ । प्रहरीले फरार अभियुक्त पक्राउ गर्न विशेष प्रहरीसमेत परिचालन गर्दै आएको छ । फरार अभियुक्त पक्राउ गर्न जिल्ला अदालत मोरङले पनि छुट्टै कर्मचारी समेत परिचालन गर्ने गरेको बताइएको छ ।