तेह्रथुम/पहिरो खसेर सडक अवरुद्ध हुदा तेह्रथुमको छथर गाउपालिका १ आङदीमका किसानले विराटनगर तर्फ पठाउन तयारी गरेको करीव २ हजार लिटर दुध स्थानीय तेलीया खेलामा वगाई दिएका छन् ।
तेह्रथुम र धनकुटाको सिमा तेलीया खोला माथी वाट पहिरो वगेर सडक अवरुद्ध भएर दुध ढुवानी गर्न नसकेपछि आङदीमका ३ सय किसानले संकलन गरेको १ हजार ८ सय ६४ लिटर दुध खोलामा वगाईदिएका हुन् ।
किसानले स्थानीय आङदीम वहुउदेशीय सहकारी संस्था मार्फत संकलन गरेको दुध सवारी साधन मार्पmत ढुवानी गर्ने लप्सीवोटे आङदीम कृषि सडक वर्षाका कारण क्षतीग्रस्त भएकाले आङदीम सहित छथर क्षेत्रका पशुपालक किसानले दैनिक ५० हजार रुपैंया वढी नोक्सान व्यहोरी रहेको आङदीम वहुउदेशीय सहकारी संस्थाका व्यवस्थापक सविन भटराईले बताए ।