विजयपुर/इलाका प्रहरी कार्यालय धरानले लागुऔषध र मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–५ बस्ने २२ वर्षीय अर्जुन दोर्जी र तवेज अन्सारी रहेका छन् ।
[caption id="attachment_41214" align="alignleft" width="472"]
उनीहरुको साथबाट लागू औषध कोरेक्स १ बोतल, डाइलेक्स–डी ८ बोतल,स्पास्मो प्रोक्सीभन १ सय २० क्यापसुल सहिते पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । धरान–१५ स्थित श्यामचोकबाट को.५ प ३६२९ नम्बरको मोटरसाईकल जाँच गर्ने क्रममा उक्त लागू औषध बरामद खतिवडाले बताए ।
यसैगरि मोरङबाट बराह नगरपालिका–२ बयरबन बस्ने ३३ वर्षीय बिगम राई र सोही ठाउँ बस्ने २१ वर्षीय मिलन तामाङलाई पनि प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ ।उनीहरुको साथबाट लागू औषध लुपिजेसिक १५ एम्पुल, एभिल १५ एम्पुल, डाईजेल्याब १५ एम्पुल र स्पास्मो प्रोक्सिभन २ सय ८५ क्याप्सुल सहित शुक्रबार पक्राउ गरेको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
बिराटनगर महानगरपालिका–८ जलजला चौकमा चेक जाँच गर्ने क्रममा राई र तामाङको साथमा उक्त लागू औषध बरामद भएको हो । प्रहरीको भनाई छ । उनीहरुका बिषयमा थप अनुसन्धान भईरहेको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।