धनकुटा/ पूर्वी पहाडको आर्थिक समृद्धीका लागि पहिलो आधार चिया अदुवा, दुध र अलैची नै हुने विहिवार धनकुटाको हिलेमा सम्पन्न सार्वजानिक सुनवाई कार्यक्रममा सहभागी वक्ताहरुले वताएका छन् ।

डेनमार्क राजदुतावास र आईएलओको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ केन्द्रिय समितिद्धारा आयोजित सार्वजानिक सुनुवाई कार्यक्रममा सहभागी चिया, अलैंची, दुध र चियासंग सम्वन्धित वक्ताहरुले यस्तो वताएका हुन ।धनकुटा,तेह्थुम,ताप्लेजुङ,भोजपुर,संखुवासभा,पाचथर,इलाम जिल्लाका पत्रकारहरु र धनकुटा जिल्लाका उद्यमी, व्यावसायी, कृषक, उपभोक्ता, विषयगत कार्यालयका प्रमुखहरु र स्थानिय प्रशासनका प्रमुखहरु लगायत सरोकार निकायका प्रमुखहरुले भाग लिएको कार्यक्रममा सवैले आ–आफ्नो क्षेत्रबाट भैरहेको प्रयास समस्या र समाधानको विषयमा तथा सेवा प्रवाहको विषयमा र दुध,चिया,अलैची,अदुवा खेतीको वारेमा समेत प्रस्तुत गरी छलफल गरिएको थियो ।सार्वजानिक सुनवाई कार्यक्रम धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सो अवसरमा वोल्दै प्रजिअ उप्रेतीले आर्थिक समृद्धीका लागि सवैले आ–आफ्नो क्षेत्रबाट क्रियाशिल हुनु पर्ने वताएका छन् । उनले दुध, अलैंची, अदुवा र चियामा काम गर्ने सम्पुर्ण कृषक,संगठित संघ÷संस्थाहरुलाई जिम्मेवार भएर काम गरे स्थानिय प्रशासनले सक्दो सहयोग गर्ने वताएका छन् । त्यसैगरी उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले चिया कृषक र चिया मजदुर धनकुटा जिल्लामा अति मारमा परेको बताए ।

दार्जिलिङ्ग र इलाममा जस्तो धनकुटामा पनि चिया कृषक र मजदुरहरुको रोजागरी र पेशागत सुरक्षाको ग्यारेण्टी गर्नु पर्नेमा अध्यक्ष घिमिरेको जोड थियो ।त्यसैगरी नेपाल ट्रेड युनियन महासंघ, धनकुटाका अध्यक्ष भेषराज कट्टेलले धनकुटा जिल्लाको हकमा संगठित मजदुर र असंगठित मजदुर दुई खाले मजदुर रहेकाले चिया उधोग र चिया कृषकले उनीहरुको हितमा काम गर्नु पर्नेमा जोड दिएका छन् । उनले जिल्लाका कतिपय चिया उधोगहरुले वगानमा काम गर्ने चिया मजदुरहरुलाई अहिलेसम्म पनि न्यायोचित ढंगले परिश्रमिक नदिएको गुनासो गरे ।

स्थानिय प्रशासनले चिया मजदुरलाई परिश्रमिक नदिने उधोग तथा फैक्ट्रीहरुलाई कानुनको दायरामा ल्याउन कट्टेलले प्रमुख जिल्ला अधिकारी उप्रेतीलाई अध्यक्ष कट्टेलले आग्रह समेत गरेका छन् ।नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्र्रिय अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा सम्पन्न भएको सार्वजानिक सुनवाई कार्यक्रमा आदिवासी जनजाती उत्थान प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक आनन्द सन्तोषी राई, आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष भैरव आङ्ला, महासचिव गजुरधन राई, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेकपा एमाले धनकुटाका सचिवालय सदस्य अर्जुन राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,नेपाल आदिवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राई लगायतले उन्नती परियोजनाद्धारा पूर्वी पहाडी जिल्लाहरुमा संचालन गरेको कार्यक्रमले कृषिजन्य वस्तुहरु मुल्यश्रृखला परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने वताएका छन् ।

उनीहरुले चिया,अदुवा,दुध अलैचीले नै पूर्वी पहाडलाई आर्थिक समृद्धी बनाउने भएकोले यसलाई आधुनिक किसिमले खेती गरी बजार प्रवद्धन गर्न अति आवाश्यक रहेको समेत वताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष विगेन्द्र याक्खा, जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधि टेकवहादुर कार्की, जिल्ला वन कार्यालय धनकुटाका सहायक वन अधिकृत मोद्नारयण झा, जिल्ला चिया उत्पादक सहकारी संघका अध्यक्ष इन्द्रसारु मगर, सगरमाथा दुग्द चिस्यान केन्द्रका प्रोपाईटर प्रेमप्रसाद ढकाल, दुग्द व्यावसायी दलवहादुर थापा, अलैची कृषक कोपिन्द्र मानन्धर,पाख्रीवास मुगाका अदुवा कृषक जसीमाया तामाङ, धनकुटा नगरपालिका वडा नं.३ का मेखवहादुर राई लगायत सवै सरोकारवाला निकायका प्रमुखहरुले समेत मजदुरहरुको समस्या र समाधानको विषयमा प्रकाश पारेका थिए ।सार्वजानिक सुनुवाई कार्यक्रमको संचालन नेपाल आदिवासी जनजाती पत्रकार महासंघका पूर्वाञ्चल संयोजक शाहीमान राई र आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका निवर्तमान सचिव विदुर खवासले संचालन गरेका थिए ।

कार्यक्रमले किसानहरद्धारा उत्पादित कृषि उपजका अलैची, चिया,दुग्ध र अदुवाको विक्रि वितरण, व्यावसायीक प्रवद्र्धन निम्ती जवाफदेहिता र जिम्मेवार व्यापार, व्यावसाय अधिकार र व्यावसायीक शुशासनवारे पूर्वी पहाडी जिल्लाहरुका ३५ जना आदिवासी जनजाति पत्रकारहरुलाई समाचार तथा रिर्पोट लेख्नका लागि फेलोसिप समेत प्रदान गरिएको आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामाले वताएका छन् ।