विजयपुर/ धरानबाट अपहरणमा परेका भनिएका धरान १७ का प्रतिमान बिक शुक्रबार बिहान धरानबाटै फेला परेका छन् । उनलाई शुक्रबार बिहान धरान स्थित निकेत स्कुलको गल्लीबाट फेला पारीएको प्रहरीले जनाएको छ ।
धरानको निकेतन स्कुल छेउमा रहेको हजमुल मियाँको मासु पसल छेउबाट बिकलाई फेला पारिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।प्रहरीले बिकसँग आबश्यक सोधपुछ गरिरहेको छ । उनी अपहरणमा परेको हो वा हैन भन्ने बिषयमा प्रहरीले अनुसन्धान सु्रु गरेको छ । बिकका छिमेकी तथा स्थानिय राजनितिककर्मी जसकुमार राईले बिकले प्रयोग गर्ने मोबाइलको टावर उदयपुरको बसाह भन्ने ठाउमा देखाएपछि आफुहरु त्यता लागेको बताए ।
हामी इनरुवा आइपुगेपछि मान्छे धरानमै छ भन्ने जानकारी आयो र प्रहरीलाई भनेर पक्राउ गर्न लगाएका छौ उनले भने ।घटना बिबरण अनुसार गत मंगलबार राति प्रतिमानले आफ्नै मोबाइल नम्बर ९८११३०३९७३ बाट वद्यशाला सञ्चालक हजमुल मियाँलाई आफू अपहरणमा परेको जानकारी दिएका थिए । फोनमार्फत नै २ लाख रुपैयाँ लिएर राति १२ बजे इनरुवा आउन समेत उनले भनेको मियाँले जानकारी दिए ।
‘रातको करिब ९ बजेतिर हराएका प्रतिमानले आफ्नै नम्बरबाट फोन गरेर ‘म अपहरणमा परेको छु मियाँले भने ‘त्यसबेला उसले चारजनाको समूहले आफूलाई रातो भेनमा राखी इनरुवा र्पुयाएको बताएको थियो ।’
मासुपसल सञ्चालक मियाँ र सोही मासु पसलमा काम गर्ने अर्का साथी राम सार्कीलाई फोन गरेर आफूलाई बचाउन प्रतिमानले आग्रह गरेको बताइएको थियो । बिक अपहरणमा परेको भन्दै उनका फुपुका छोराले प्रहरीमा खोजतलास गर्न उजुरी निबेदन पनि दिएका थिए ।