विजयपुर/धरानको एक मासु पसलमा काम गर्ने मजदुर अपहरणमा परेका छन् । प्रहरीले उनको खोजी कार्य जारी राखेको बताएपनि उनको अबस्थाका बारेमा अहिले सम्म यथार्त पत्ता लागेको छैन ।

[caption id="attachment_41995" align="alignleft" width="395"] याे सांकतिक तस्विर गुगलबाट लिइएकाे हाे ।[/caption]

धरान–१७ स्थित रेल्वेचोक नजिक रहेकोे हजमुल मियाँको मासु वद्यशालामा काम गर्दै आएका प्रदिप भनिने प्रतिमान विश्वकर्माको अपहरणमा परेको भन्दै फुपुका छोरा सुमन गजमेरले इलाका प्रहरी कार्यालयमा खोजतलासका लागि निबेदन समते दिएका छन् ।प्रहरीले उनको उपहरणका बारेमा गहिरो अनुसन्धान भई रहेको बताएको छ ।

घटना बिबरण अनुसार गत मंगलबार राति प्रतिमानले आफ्नै मोबाइल नम्बर ९८११३०३९७३ बाट वद्यशाला सञ्चालक हजमुल मियाँलाई आफू अपहरणमा परेको जानकारी दिएका थिए । फोनमार्फत नै २ लाख रुपैयाँ लिएर राति १२ बजे इनरुवा आउन समेत उनले भनेको मियाँले बताए ।‘रातको करिब ९ बजेतिर हराएका प्रतिमानले आफ्नै नम्बरबाट फोन गरेर ‘म अपहरणमा परेको छु मियाँले भने ‘त्यसबेला उसले चारजनाको समूहले आफूलाई रातो भेनमा राखी इनरुवा र्पुयाएको बताएको थियो ।’

३६ वर्षिय विश्वकर्मा अपहरणमा परेपछि उनको परिवार चिन्तामा डुबेको छ । उनकी श्रीमती सानु विश्कर्माले खोजी छिटो गरिदिन आग्रह गरेकी छिन् ।मासुपसल सञ्चालक मियाँ र सोही मासु पसलमा काम गर्ने अर्का साथी राम सार्कीलाई फोन गरेर आफूलाई बचाउन प्रतिमानले आग्रह गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले घटनाका बारेमा अनुसन्धान भई रहेकाले थप बिबरण पछि सार्बजनिक गर्ने बताए ।