संखुवासभा/ धरानबाट चैनपुर जाँदै गरेको ना ४ ख ७०२२ नंंको बस र चैनपुरबाट धरानतर्फ अाउदै गरेको ना ६ ख ४०९३ नंको ट्रक आज धर्मदेबी नगरपालिकामा ठोक्किदा पाँच जना घाइते भएका छ्न ।

घाइतेमध्ये मादी नगरपालिकाका गणेश दाहलको अवस्था गम्भीर रहेको स्थानीय जनप्रतिनिधि नारायण लिंखाले जानकारी दिए । घाइते दाहाललाई धरान लैजाने तयारी भइरहेको छ भने अन्य चार जनाको चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।