इटहरी/इटहरीका नवनिर्वाचित मेयर द्धारिकलाल चौधरी अहिले ऐलानी जग्गा हड्प्नेहरुको खोजी गर्ने थालेका छन । इटहरी उपमहानगरपालीका भित्र १ हजार विगाह भन्दा धेरै ऐलानी जग्गाहरुमा माफियाहरुको जगजगी बढेको भन्दै इटहरीका मेयर ऐलानी जग्गामा वनाएको संरचनाहरुहरु हटाउँन निर्देशन दिदै हिड्न थालेका हुन ।

निर्देशन नमान्नेलाई नगरप्रहरी लाउँने समेत चेतावनी दिएका छन । इटहरीमै रहेको डिभिएम ग्लोबल एकेडमी स्कुल र इटहरी ४ मा रहेको रोयल रिर्सोटले पैनी मिचेर बनाएको संरचना भत्काउन र कागजात वोकर उपमहानगरपालीका आउँन उनी आफै रिसोर्ट पुगेर निर्देशन दिएका छन । ऐलानी जग्गा पैनी मिचिएकाले वर्षयाममा बाढी बजार पस्ने गरको भन्दै मिचिएको संरचना तत्काल हटाउँन मेयर चौधरीले निर्देशन समेत दिएका छन ।

होटल सञ्चालक अमृत कार्कीलाई मौखिक निर्देशन दिएको र अटेर गरे लिखित रुपमै निर्देशन दिन्छु मेयर चौधरीले भने सरकारी जग्गा मिचेर भोगचलन गदै आएको भए आफैले भत्काईदिने मेयर चौधरीले वताएका छन । लामो समय देखि जनप्रतिनिधि नहुदा ऐलानी जग्गामा माफियाहरुको मनपरीतन्त्र बढ्रदै आएको कारण अधिकांस एलानी जग्गा मिचिएको कारण उक्त जग्गाकोे खोजीमा लागेको मेयर चौधरीले वताएका छन । सुरुमा आफै भत्काउँन निर्देशन दिन्छु नमाने आफै भत्काईदिन्छौ भत्काउँन लागेको खर्च उनीहरुलाई नै ब्यहोराउँछौ मेयर चौधरीले भने । कार्यकर्ताको दबाव कतिको आउँछ ? भन्ने प्रश्नमा उनले वावुको दबाव नमान्ने छोरा हुँ कसैको दवावमा काम गर्ने म छैन उनले भने ।

पछिल्लो समयमा पूर्वको हब बन्दै गएको इटहरीमा ऐलानी जग्गा बढि मात्रामा प्लटिङ गर्ने जग्गा दलालीहरुले मिचेको इटहरी उपमहानगरपालीकाले लामो समय देखि वताउँदै जग्गा जमिन मिच्ने माफियाहरु धेर भएको भन्दै कार्यलयमा वोलाउँदै निर्देशन दिएको वताए । नमान्नेलाई नगरप्रहरीको गाडीमा वोलाउँछु उनले भने । जग्गा प्लटिङ मापदण्ड विपरीत जथाभावी भएको कारण इटहरी वर्षेनी ढुब्ने गरेको भन्दै उनले ऐलानी जग्गामा रजाई गर्नेहरुको दिन गयो उनले भने । कुनै कार्यकर्ता कुनै नेताको कुरा मान्दिन,जनताको सम्पती हो जनताको आग्रह हुन जनता मेरा मालिक हुन उनीहरुको कुरा मान्ने हो उनले भने । जस्ले दवाव दिन्छ उनीहरुको कुरा खोलिदिन्छु उनले भने । सुनसरीको इटहरी स्थित नेपाल डिभएम ग्लोबल एकेडमी(नेपाल दयानन्द वैदिक मिसन) ले ऐलानी जग्गा मिचेको भन्दै कागजात सहित उपमहानगरपालीका झिकाएको हो ।

भारतको दयानन्द वैदिक मिसन च्यारिटेवल ट्रष्टसँग समन्वय लिएर स्थापना गरिएको बिद्यालयले ५० कठ्ठा भन्दा बढि एलानी जग्गामा घेराबारा गरेको उपमहानगरपालीकाको दावी छ । ऐलानी जग्गा मिच्नेलाई छोडिन्छ उपमहानगरपालीकाकी उपमेयर लक्ष्मी गौमतले भनिन् । इटहरी ४ मै रहेको चौधरी समुदायले प्रयोग गर्दै आएको पोखरी पनि उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा ल्याउन पहल गर्न भएको छ । इटहरीका पुराना जग्गाधनीहरु धनुषधारी चौधरी र हेमनारयण चौधरीको परिवारले भोगचलन गर्दै आएको थियो ।

४ कठ्ठा भन्दा बढि क्षेत्रफल भएको पोखरी चौधरीहरुले प्रयोग गदै आएका छन । इटहरीका पुराना वासिन्दा चौधरी परिवारको नाममा ५ सय विगाह जग्गा रहेको थियो । सो जग्गा मध्ये ४ विगाह जग्गा इटहरी उपमहानगरपालिकालाई दान दिइएको थियो । सोही जग्गामा इटहरी उपमहानगरपालिकाको भवन र कार्यालय रहेको छ ।

ऐलानी जग्गामा माफियाको रजाँई मनपरी प्लटिङ सँगै इटहरी उपमहानगरपालीका क्षेत्रमा सरकारी पैनी तथा ऐलानी जग्गाहरुको अतिक्रमण वढेको छ । संघीय मामिला तथा स्थानिय बिकास मंत्रालयले मापदण्ड बमोजिम प्लटिङ कारोबार गर्ने नपाईने भए पनि इटहरीमा मापदण्ड विपरीत प्लटिङले पैनीहरु मिच्चिरहेका छन । इटहरीमा अधिकांस सरकारी जग्गाहरु ब्यक्तिले दोहन गरीरहेको पाईन्छ ।

कृषि योग्य जमिन प्लटिङ हुन थालेपछि सार्वजनिक महत्वको चौर, पोखरी, नदीनाला वनजंगलहरु अतिक्रमण हुने समस्या देखा परिरहेका छन । बस्ती विकासको नाममा प्राकृतिक स्वरुप नष्ट पार्ने, कुलो र सार्वजनिक स्थलहरुलाई जग्गा दलालहरुले हडप्पी रहेका छन । सार्वजनिक बाटोलाई कायम गर्र्नु पर्ने, ६ मिटर भन्दा कम चौडाई भएको बाटोमा ग्रेभेल,कालोपत्रे, विद्युत, खानेपानी, टेलिफोन जस्ता पूर्वाधार समेत प्लटिङमा हुनुपर्ने उपमहानगरपालिकाको नियममा भए पनि कार्यन्वय नभईरहेको वेला जनप्रतिनिधिहरुले चासो देखाउँदा सर्वसाधरणहरुले साथ दिईरहेका छन ।

एक वर्ष अगाडी उपमहानरपालीकाको इन्जिनियर विकास भट्टराईको संयोजकतत्वमा ऐलानी जग्गा खोज्ने समिति वनेका थियो । उक्त समितिले ९ सय ९५ विगाह ६ कठ्ठा डेढ धुर जग्गा फेला परेको जनाएको छ । जसमा सार्वजनिक रुपमा निर्माण भएका मन्दिर, धर्मशाला, मसानघाट, गौचरण र खोला आदीको जग्गा संरक्षण नहुँदा भुमाफियाको कारण जग्गा दुरुपयोग समेत भएको प्रतिबेदन उपमहानगरपालीकालाई वुझाएको थियो ।